~कुन्दन काफ्ले~
निर्धालाई दुर्जनले सकेसम्म सताउँछ ।
डरपोक हो त्यो डर धम्की दिई सज्जन डराउँछ ।
कायरले नै मौका छोपी धाक आफ्नो जमाउँछ ।
भेदपाई पिठ्युँ पछी छुरी उसले चलाउँछ ।
नैतिकताको स्खलनमा पत्रु झनै रमाउँछ ।
लाचार बाघ हुँदा शत्रु श्यालले त सताउँछ ।
तर भन्छन् पाप एकदिन धुरीबाट कराउँछ ।
निश्चय नै होस् त्यो दिन उसको पनि हराउँछ ।
हरामको कमाईले कतिञ्जेल खीर खाउला ।
लुटी पराईको धन तिमी लुक्न पो कहाँ जाउला ।
बेचिने तिम्रो त्यो धोको विधाताले पुर्याउला ।
तर सस्तो वैंस तिम्रो भाउ कसले लगाउला ।
जानी–जानी उल्लु बन्न महाजनको आउला ।
मल–मञ्चित देह तिम्रो किमत कति लगाउला ।
कुरुप देखी वैंश तिम्रो टाढैबाट अघाउला ।
रंग फेर्ने वसूल तिम्रो बुझेपछी पछुताउला ।
अरुको रगत पसिनाको धन कोट्याउला जो कन्याउला ।
दुर्गन्धित भई त्यो मानव चोला जीवन भर नै गन्हाउला ।
उल्फाको धनले श्राद्ध फूपुको त गराउला ।
टालेको छत–छानो फेरी चूहेपछी थाहा पाउला ।
००
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )