सूत्रकथा : चाहना

~कुमार काफ्ले~kumar-kafle

-धेरै वर्ष पहिले हिमाल र समुद्रबीच गहिरो माया बस्यो।

-उनीहरूले एकापसमा बिहे गरे,रमाए।

-उनीहरूका नदी,खोला,झरना,ताल र पोखरी सन्तान पैदा भए।

-रहदाँ बस्दा कालान्तरमा उनीहरूबीच मनमुटाव भयो र अलग्गिने निर्णय गरे।

-हिमाल अग्लिदैं गयो अनि समुद्र गहिरिदैं।

-टाढा भएपनि उनीहरूले अतीतलाई चटक्कै भुल्न सकेका थिएनन्।

-हिमाल पग्लेर पानी बनी बग्दै समुद्रलाई भेट्न जान थाल्यो।

-समुद्र पनि बाफ बनेर उड्दै बादल,वर्षा,हिउँ हुदैं आफ्नो प्रिय हिमाललाई भेट्न जान थाली।

-अहिले हिमाल समुद्रको सामीप्यता चाहन्छ भने समुद्र हिमालको काखमा रमाउन चाहन्छे।

-चाहनालाई मूर्तरुप दिन हिमाल होचिदैं गइरहेको छ,समुद्र माथि उठ्दै आइरहेकी छे।

– ओखलढुंगा।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.