~सुबोध सुधाकर रिजाल~
कला हो जीवन, एक रसको, रचेथे भवले
जोडेको पिरती, मर्दैन त्यसै, ससाना तीरले
अत्याउँछ मन, कहिले काहीं, आफनै मान्छेले
चुनौती झेल्छ, जटिल् पथमा, उतिर्ण हुनेले
नदीले पनि, भुल्दैन बाटो, बाडीनै आएनी
रोकिन्न बझ्न, जीवन गीत, मौसमै फेरीएनी||
टिप्दा फुल, बगैंचामा, घोच्दछ काँडाले
आंशु र हांसो, घोली पिउँछन्, मायालाई बुझ्नेले
चरानै पनि, गुडमै बस्छन्, हुरीनै आएनी
दुखलाई पनि, त्यसै हाँक्छन्, भावना बुझ्नेले||
ढल्पल गर्छ, जीवन डुंगा, अविश्वास् गर्नाले
चुन्दछ यात्रा, दोभान्मा पनि, उचाई छुनेले
पुर्णिमा पनि, जुल्किन्छ रातमा, औंशीले ढाकेनी
मेटिन्न हाम्रो, यो प्रेमगाथा, मर्नुनै परेनी||
कला हो जीवन, एक रसको, रचेथे भवले
जोडेको पिरती, मर्दैन त्यसै, ससाना तीरले
शब्द : सुबोध सुधाकर रिजाल
स्वर सङ्गीत : किरण भुजेल
सङ्गीत सञ्योजन : दिनेश न्यौपाने
एल्बम : जीवन – एक रसको