~रवि थापा~
प्रकृतिको नियम
जसलाई चाहेर पनि बदल्न सकिन्न,
कति कठोर अनि निर्दयी छ !
जसले स्वयमलाई गुमाएर
उसको पलपलमा साथ दिने गथ्र्याे
आज उही टुहुरी भएकी छे ।
तर पनि उसलाई कुनै प्रवाह छैन
प्रकृतिको अन्याय सम्झी
जिन्दगीको अथाहा सपनाहरु पगुरी
अन्दाकारमा लम्किन्छे,
तर विडमबना,
उसको पिर,मर्का कसैले बुझ्दैनन्
दश ठाउँ टालेको चोली लाएकी
शिसिर यामको सिरोटोसंगै
दुई हात फिजाई
जीवनको भिख मागीरहेकी थिई,
हिजो पनि र आज पनि मागिरहेकी छे,
तर माग्दा–माग्दै विलिन हुन्छे ।
विचरा उसको बच्चा,
यता उती गरी रहेको छ ।
आमाले खानेकुरा दिन्छिन भनेर
निन्द्रमा सयर गरेकी आमासंग
आमा भोग लाग्योÞ Þ Þ Þ Þभन्छ,
चिच्याउँछ, कराउछ, बर्वराउछ ।
तर,
आमाको निन्द्रा कहिल्यै नखुलेपछि
रुदै आमाको छेउ बस्छ ।
बाटामा ओहोर दोहोर गर्नेहरुले
रोएको देखेर एक,दुई पैसा दिन्छन्
त्यसैले पेट पुजा गर्दै ऊ,
रत्नपार्कमा प्रतिक्षारत घडीमा
अझै देख्न सकिन्छ ।
यति मात्र हैन त्यहाँ,
अन्धाकारमा बाच्नेहरु पनि देख्न सकिन्छ,
इशारामा चल्नेहरु पनि देख्न सकिन्छ ।
जीउने जिन्दगीमा यस्तै–यस्तै,
धेरै –धेरै देख्न सकिन्छ ,
यसलाई प्रकृतिको नियती अनि
बरदान ठान्नुपर्छ ।।
◘ रवि थापा
फूलासी–५ रामेछाप
(स्रोत : रचनाकारको ब्लगबाट सभार)