~चन्द्रबहादुर थापा~
निषेध छ तिमीलाई आउन
मेरो प्रदेशमा प्रीत लाउन
आयौ भने द्वारमा छ भाला
छ बाटोमा बम पाइलै नहाल।
सम्बन्ध गाँस्न यहाँ पाइदैन
त्यो लोकतन्त्र यहाँ चाहिदैन
अलग्ग टुक्राको छ माग मेरो
म मात्र बाँच्ने चाहना छ मेरो।
विच्छिन्न हुने मेरो छ इच्छा
यो अस्तित्वको नगर परीक्षा
निष्कण्टक पार्दछु सेरोफेरो
निषेधको हो प्रदेश यो मेरो ।
तर
आयौ तिमी हल्चल नै मचायौ
चोरेर मेरै जनता नचायौ
ठूलो स्वरैमा संविधान बोल्यौ
लोक् तन्त्रको ध्वज फर्फरायौ।
आफन्त मेरा मोहनी लगायौ
मेरो ध्वजाबाट मान्छे भगायौ
तिमी चोर हौ कि साधु लौ भन
जवाफ नदिई जान पाइदैन ।