कविता : बाइपङ्खी घोडा

~इन्दिरा प्रसाई~Indira Prasai

ती टापका आवाजहरू
सुदूर कतै
हो कि होइन जस्तो
फर्कन पनि सकेनन्
अन्ततः हराए कि ?

त्यस दिन पनि
हजुरआमाले हालेको कथा
सार्थक
साँच्चिकै सार्थक भएझैँ
लाग्यो मलाई
र आँखा च्याती–च्याती
हेरिरहेँ
निर्निमेष,
तर त्यो कथा
मात्र दन्त्यकथा रहेछ ।

सधैँझैँ ऊ आएन
आएको जस्तो गरेर
झुक्यायो मात्र मलाई ।
अलमल्ल परेर पनि
किन पर्खिबस्छु म ।
थाहा पाइसकेर पनि
मन्द विष पिउन
किन तयार छु म ।

अन्तःपुरका ती शब्दध्वनिहरू
घण्ट–घण्टका प्रतिध्वनिहरू
ओढारमा आइपुगेर
हिनहिनाउँछन्,
सन्देश बोकेर
सन्देश हराउँछन्।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.