कविता : सोचको भूकम्प र परकम्पन

~प्रणिका कोयु~pranika-koyu

कोही घर र पहराहरुसँगै ढले
कोही सडक र गराहरुजस्तै चिरिए
कोही डरसँग साहस साटी उत्रे
सुस्केरालाई सुसेलीमा बदल्न
तिमीले चाही के गर्यौ?
ए छाँया भन त तिमीले के गर्यौ?

ए छाँया तिमीले सोच्यौ
आँशु बगाइदिने हो अझै
झुत्रे बनाइदिने हो अझै
हाम्रो आवाजलाई तिरस्कार गर्दै
एक पछि अर्को प्रहार गर्दैछौ
बिर्सेर कि,
आँशु सुकेको आँखा रातो हुन्छ र रगत बग्छ
पिटिएका ढाँढ अनि हातखुट्टा इस्पात बन्छ

ए छाँया तिमीले के गर्यौ?
सम्मान र अस्तित्वको उपहास गर्दै
बन्द कोठाका केही सोचको भुकम्प ल्यायौ
हाम्रो जिवनमा शर्त सहित राहत बाँड्न आयौ

ए छाँया
परकम्पनमा तिम्रो भुकम्पको
तिमी आफै त्रसित हुनु
हामी त सोचको पहिरो विरूद्द
धड्कन साहसको बोकेर गतिशिल छौ
सुस्केरालाई सुसेलीको लय दिंदैछौ

संविधानमा छुटेको छ एक हरफ
तिम्रो गन्दे संविधानमा
“अस्तित्वको संघर्ष, सम्मानको खोज मृगतृष्णा हैन”
ए छाँया यो हरफ तिमी लेख्छौ कि हामी लेखौं?

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.