~दिनेश अधिकारी~
उकालीमा चढे पनि मान्छेलाई देखूँ
झर्दा पनि ओरालीमा मान्छेलाई भेटूँ
हँसाए नि, रुवाए नि, लगाए नि घाउ
मान्छेभन्दा टाढा हजुर ! छैन जाने ठाउँ
थोपाथोपा आँसुसँगै खसेको छ मान्छे
देउताभन्दा नजिक भै बसेको छ मान्छे
थापे पनि झुक्क्याएर लडाउने दाउ
मान्छेभन्दा टाढा हजुर ! छैन जाने ठाउँ
बाँच्नु प¥यो एक्लै भने भीर हुने कि खोला ?
सम्झँदा नि छाती पोल्छ के पो गर्ने होला ?
अर्को मान्छे चाहिँदो रै’छ सुन्न आफ्नै नाउँ
मान्छेभन्दा टाढा हजुर ! छैन जाने ठाउँ