कविता : अलबिदा महम्मद अली

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

सद्भाव र सदाचारको खेलमा
क्यासिस क्ले भएर खेल्यौ
अनगिन्ती खेलहरुमा विजय हासिल ग¥यौ
तर कट्टर रंगभेदीहरुको नजरमा
क्यासिस क्लेलाई हेर्ने आँखामा परिवर्तन आएन
शोषणको श्रृंखला यथावतै रहयो
तिम्रो जीतले
बर्णको आधारमा
मान्छेलाई सानो ठुलो देखाउनेहरुको उद्देश्यमा
फेरबदल ल्याउन सकेन
तिमी परिवर्तन चाहने व्यक्तित्व हौ
तिमी विद्रोहको मुहान बोकेर उठ्यौ
अनि रंगभेद बिरुद्ध तिमी महम्मद अली भएर उदायौ ।
तिम्रो उदय निश्चित थियो
आवश्यकता थियो – उठ्नै पथ्र्यो ।
तिमीले जितेका सम्पुर्ण खेलहरु
समानताको प्रतिक भएर उदायो
हारेको खेलहरु पनि तिम्रो जित नै थियो
किनकि त्यतिखेर
महम्मद अली स्वतन्त्रताका छालहरु भएर उर्लिका थिए
एउटा विद्रोही महम्मद अली ।
समानताको पक्षमा उभिएका
एउटा निडर धरोहर हौ
तिमीलाई ढाल्न सक्ने कुनै शक्ति छैन
तिमी आफै एउटा संघर्ष हौ ।
शान्तिको ढोंग रचेर
विभेदकारी नीतिहरुको आडमा
दुनियाँको रगत चुस्ने अमेरिकी योजना विरुद्ध उत्रियौ ।
न्यायप्रेमी भियतनामी जनताको पक्षमा उभिने तिमी
साँच्ची नै
साम्राज्यवादीहरुको निमित्त तगारो बनिदियौ
उनीहरुको नीतिको धज्जी उडाइदियौ
तिमीलाई हराउन अनेक जाल गरे
तर तिमी हारेनौं
तिमी हार्न जन्मिएका थिएनौ
तिमी मान्छेको खुन चुस्नेहरुको अन्त्य गर्ने आन्दोलन थियौ ।
धर्मको नाममा राजनिति गर्नेहरुलाई
कसैको संस्कृति मासेर
कसैको धर्म नाश गरेर
नासिन्न, मासिन्न भन्ने पाठ सिकायौ
धर्म मान्छेले वनाउने हो
मान्छेलाई धर्मले वनाउने होइन
धर्मको आडमा शोषणको अन्त्य हुनुपर्छ भनेर सिकायौ ।
तिमी विरुद्ध ओइरिएका स्वार्थीहरुको निमित्त
तिमीले मुक्कावाजी खेल्यौ
तर उनीहरु तिम्रो लागि लडेनन्
आप्mनो लडाईं आफैले तय ग¥यौ
आप्mनो उन्मुक्तीको लागि
संघर्षको ढोका आफैले खोलेर अघि बढयौ
आफुलाई मजाक सम्झनेहरुको विरुद्धमा उठ्यौ
आफुलाई कमजोर ठान्नेहरुको मनमा
भय पैदा गरेर उठ्यौ
तिमी वास्तवमै संघर्षको मुहान हौ
तिमी विद्रोहको केन्द्रविन्दु नै हौ
अलबिदा महम्मद अली ।

(५ जुन २०१६, फार्नवोरो)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.