~कुन्दन काफ्ले~
वैशालु नजरको पासोमा पारी, कायल बनायौ लजाई तिमीले ।
म भोको मायाको के नै गर्न सक्थें, बादल बनायौ गलाई तिमीले ।
प्रेममा अन्धो भएर गएसी, घायल बनायौ रमाई तिमीले ।
कलंकको उल्टै गुथाएर पगरी, गाजल बनायौ जलाई तिमीले ।
धोका र घात दिएर आखिर, पागल बनायौ मलाई तिमीले ।
००
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )