~लेखनाथ काफ्ले ‘राजन’~
आँधी चलिरहयो
म पनि त्यही आँधीसगै लम्किये
आँधीलाई रोक्ने बाधकहरुलाई तर्साये
आँधीको जयजयकार गर्दै मासपेशी र रक्तपिण्डहरु चपाये
आँधीले खरको छानोहरु उडायो
मक्किएका खम्बाहरु भत्कायो
त्रासमय बातावरण सबैतिर फैलाएर
छाप्रोका गासहरु खोस्यो र कपडाहरु उडायो
आँधी चलिरहयो
म पनि त्यसैसग लम्किये
बोधिब्रिक्षका हागाहरु भाचेर आधीले
आफुलाई आँफै महान बनायो
भात्किएका छाप्राहरुलाई देखेर
ऊ आँफै रमायो
लाशका खातहरु उब्जायो
अनी त्रासता सबैतिर फैलायो
आँधी चलिरहयो
म पनि त्यसैसग लम्किये
आँधीदेखी डराएर परेवाहरु उडेनन
तर गिद्धहरु उसगै बतासिये
आँधीसगै धुवाको मुस्लोहरु उड्यो
अनी सिनोका गन्धहरु फैलियो
आँधीले सानो आगोको झिल्को उडाएर
सारा गाउ जलायो
बिकासको प्रतिद्रन्दी भएर
मात्र फुटायो , भत्कायो
अनी शोकगीतहरु उब्ज्यायो
आँधी चलिरहयो
म पनि त्यसैसग लम्किये
तर आँधीले राजदरबारका
बलिया खम्बाहरु भाँच्न पनि मद्घत गर्यो
सिंहदरबारका जालाहरु हटाउन सहयोग गर्यो
भत्किएका खम्बाहरु ठड्याउछु भन्दै
बिपरित दिशामा बहन थाल्यो
तर मात्र नयाँ शब्द लेखेको मजेत्रो उडाएर
नयापनको खिल्ली उडायो
आँधी चलिरहयो
तर म किन त्यसैसग लम्किये
December 30, 2009
(स्रोत : रचनाकारको ब्लगबाट सभार)