~रामचन्द्र खतिवडा~
बयालीस सालको सुरुतिर मैले गने सार्कीलाई न्युरोड पीपलबोटमा जुत्ता पोलिस गरेको देखेको हुँ ।
छयालीस सालको आन्लोलनमा ऊ मजदुरहरूको नेता भइसकेको थियो ।
अभाव र समस्यामा बाँचेको गने बिस्तारै सुविधा सम्पन्न जीवन बाँच्न थाल्यो । उसले बानेश्वरमा बडेमानको महल बनायो ।
साठी सालमा ऊ श्री ५ को सरकारको मन्त्री भएको थियो । एकदिन मैले बानेश्वरमा बडीगार्डसहित मन्त्री गनबहादुर सार्कीलाई एउटा कार्यक्रममा देखेँ ।
पैतालीस–छयालीस सालतिर रामै्र परिचय भए पनि अहिले मन्त्री गनबहादुरले मलाई चिनेन । खुइय सुस्केरा हाल्दै मैले छेउको साथीलाई कोट्याएर भनेँ– “होइन हौ यो मन्त्री बयालीस सालतिरको गने सार्की नै त हो ?”
(स्रोत : सुरभि साहित्य प्रतिष्ठानद्वारा प्रकाशित रामचन्द्र खतिवडाको “दमिनी कान्छी” लघुकथा सङ्ग्रहबाट सभार)