~करिश्मा तामाङ~
जनताको आवाज सम्बिधानमा लेखिएन किन ?
भुकम्प पिडित राहत सबैलाइ बाँडिएन किन ?
देश द्रोही र बलत्कारिलाइ मृत्य्दण्ड दिइँदैन किन ?
बृद्व– वृद्वालाइ सुरिक्षित आश्रममा राखिन्न किन ?
नेताहरु रातारात धनी हुन्छ्न किन ?
भ्रस्टहरुले रातारात महल बनाउँछ्न किन ?
दुर्गम ठाउँमा कर्मचारी खटिदैनन किन ?
हरेक बालबालिकालाइ स्वास्थ्य शिक्षा छैन किन ?
सुन ए सरकार !
हामिलाइ समयमै पाठ्यपुस्तक छैन किन ?
अब देशमा सुशान र शान्ती सुरक्षा हुनु प¥यो
हरेक ठाउँमा सरकारको उपस्थिती हुनु प¥यो
नत्र भने हाम्रो भविश्य डामाडोल हुनेछ
हाम्रो निम्ति कालो रात सधैँ हुनेछ
अनि हामी जुर्मुराउछौ अँध्यारो च्यात्न
तिम्रो रबैयाको चिहान खन्न ।
कक्षा– १०
जालपा माध्यमिक बिध्यालय
नुनथला, खोटाङ
(स्रोत : एबिसिखबर डट कम)