~केशव प्रसाद पाण्डे~
“केटि कस्तो लाग्यो केशु?”
प्रश्न अनेपेक्षित थिएन ।सरिका शर्मा अर्थात जापानवाट मेरि प्रेमिकाको !जसरि सजिलोसँग रिजेक्ट गर्दिम्ला भनेर सरिकाको अनुमतिमै म मंसिर ४ गते केटि हेर्न गएको थिँए ।सविलाई देखेर अाएदेखि मनमा चैन छैन ।कता कता अरु नै सोच पनि अाउन थालिसकेको थियो।गोधुलि साँझ भैसकेको हुँदासम्म नि दिउँसो देखिको सरिकाको म्यासेजमा सिन गरेर नि रिप्लाई गर्ने मन अाएन।झारा टार्ने म्यासेज पठाए त सकिएकै थियो र पनि मौनताले पनि शब्द बोलोस भन्ने लाग्यो।
यता सविको रिक्वेस्ट एसेप्ट गरिसकेको थिँए।हाई हेल्लो चल्न थालिसकेको थियो।विस्तारै हामिमा धेरै कुराहरू बारम्बार साँटासाँट हुन्थे ।अष्ट्रेलियावाट राजले नि सोध्यो अोई केटी हेरिस त?
“हेरेँ !”
उसले सोध्यो “ब्या नै गर्ने भईस कि के हो?’
‘ब्या त नहोला अब घुमाउन चैँ घुमाईन्छ यार ! “केटि हाँसि त फसि” बुझिसनि कुरो? व्वाईफ्रेन्ड अष्ट्रेलिया रैछ!”थाहा छ नि मेरो पारा!’
कुरैकुरामा कहाँको केटि ?कस्ती केटि? सबै चाख लिएर सोध्यो ।सविस्तार साबिति बयान दिँए।मानौँ केटिको अभिभावक नै उहीँ हो जसरि र लास्टमा भन्यो,
“‘त्यस्तो त नगर यार! धोका हुन्छ तेरो ग्रलफ्रेन्डलाई ‘
सरिका र म एक्लै एक्लै बनेर बस्नुपर्ने स्थिति अाईपुग्यो ।उ स्टुडेन्ट भिसामा जापान जाने भई ।सम्हालिन उस्तै गार्हो पर्यो हामिलाई र पनि भविष्यमाथि खेलवाड र उसका चाहनालाई लत्याउन पनि त नसकिने रहेछ ।कहिले लाग्थ्यो हे भगवान भिसा नलागेनि हुन्थ्यो ।अब लागि त गो!दुई बर्ष पछि फर्केर विवाह गर्ने र उ संगै जाने कसम थियो हाम्राे ।दुई बर्षको समय जसोतसो बित्यो ।उ अाउने समय नजिकिएकोमा म खुसि थिँए तर त्यो दिन उसले त्यो बिचमा अाँउदा जाँदाको खर्च देखि समयको हिसाब देखाएर भनि, केही समय काम गर्छु ,केही जोगिन्छ भिसा थपिसकेँ !उस्ले बिना जानकारि भनी।
“अाखिर हाम्रै लागि राम्रो त हो, त्यति कमाउन नि त गार्हो छ नि अब दुई बर्ष अलिक बढि लाग्ने भो म अाँउन ,नाँइ नभन न प्लिज!!
त्यतिबेला मैले उ संग धेरै असहमति राखेँ। अाखिर मन बुझाउनु बाहेक केहि भएन अर्थात उसको जितमा मेरो हार फिक्का हुन पुग्यो ।एउटा बिहे गर्ने उमेरको छोरामान्छे भएर चार /पाँच बर्ष कसैको प्रतिक्षामा बन्धक बनेर अभिभाबकको वरपर गुमनाम बस्नु कहाँ त्यति सजिलो हुँदो रहेछ र !उ पो बाहिर छे कस्ले के भन्नू छ र ?नेपाल अाएपछि बिहे गर्छु भने हुन्थ्यो ।
दुईवर्ष विहे गर्दिनँ भनेको समय गुज्रिसकेको थियोे । उ अाईन् यता घरकाले कचकच गर्न थाले ।जे भएनि केटी त हेर्ने नै भयौ अौपचारिकताका लागि भएपनि ।स्वीकृति सरिकाकै थियो ।
जापानी स्कुल सकेपछि उ केही निस्फिक्रि जस्तै थिई ।धेरै समय घुमघाम र फेसबुकमा पोष्टिईने फोटाहरु अाफै बोल्थे।बारम्बार दोहोरिईरहने केही केटासंगको तस्बिरले मलाई सशंकित बनाँउदै लग्यो ।त्यसपछि ।कुराहरु पातलिँदै गएको भान मलाई हुन्थ्यो ।उसका प्रत्येक फोन र म्यासेजमा उसले केही झर्को मान्दै गएको अाभाष मलाई पर्दै थियो ।उ सोच्लि ,’केटा मान्छेको के भर?’
म सोचौँला ,’केटी मान्छेको के भर?’
र पनि संसारमा विश्वास बाहेक ठूलो के नै हुँदो रहेछ र?
अाफुले हृदयदेखि मन पराएको मान्छे न पाउनु ,न गुमाउनुको स्थिति यति पिडादाएक त त्यतिबेला हुदोरहेछ जब छोरा मान्छे भएर अाँशु लुकाएर रुनुपर्छ!
यता सवि छ ।कुरा गर्दैँ जाँदा उसको ब्वाईफ्रेन्डको वारे सोधेँ, उस्ले भनी “राज” ।फोटो पठाई ।अफसोच! उहीँ कलेज पढ्दाको साथि नागरिकताको नाम ‘खेमराज’, मैँले बोलाउने नाम ‘ज्यमराज’केटिहरुलाई उस्ले भन्न रुचाउने नाम ‘राज ‘ पो रहेछ।मैँले नि सरिकाको बारेमा केही कुरा भनेँ, उस्ले चिनेजस्तो लाग्छ भनि।अन्त्यमा
“तर अाजकाल हजुरसंग फेसबुकमा फ्रेन्ड भएको थाहा भएदेखि रिसाको छ ,राम्रो मान्छे होइन त्यो भन्छ,बोल्न नि झर्को मान्छ ,उस्ले चिन्छ रे ! “भनी।
मैले सहज भनेँ,” साथी हो ,म सम्झाँउछु ।”
उसले ‘अोके’ भनी।
केही दिनपछि बल्ल बेलुकी राजलाई अनलाइन भेटेँ कुरा गर्दै गयौँ मैले ठड्यौलि पारामा भनेँ,
“के हो यार, मेरै वरपर नि तेरो गर्लफ्रेन्ड लुक्ने ठाउँ रैछ त!”
‘तलाई भन्नू के छर अब’ उ बोल्यो
“लु लु अब चिन्ता न लि तेरो गर्लफेन्डलाई नि अाफ्नै जसरि राखम्ला नि !”
अघिपछि जे भनेनि नरिसाउने उसलाइ शंकाको अागोमा घिउ थप्ने काम गरेर ठुलै बज्रपात गरिदिएको थिँए ।कलेजमा पढ्दा धेरै केटिहरु मेरो नजिक पढाइका कारणले हुन्थे ।भेटघाट हुन्थ्यो र पनि केटाहरुले मप्रति हेर्ने नजर अलिक फरक थियो। तर पनि यसमा कुनै प्रतिप्रश्न गर्नु मलाई थिएन।सायद उसले त्यही सोच्यो ।त्यसै दिनदेखि राजले न मेरो रिप्लाई दिन्थ्यो न सविको।सविको पनि धेरै म्यासेजहरु सिन गरेर मात्र छोड्छ अचेल। सवि यति अाँत्तिन थालिकि प्रत्येक कुरा मसंग रोएर सेएर गरेर बस्थि ।नसम्झाँउ पनि नहुने ,धेरै नजिक भएर सम्झाँउ पनि अाफ्नै साथिको झल्को कताकता परिहाल्ने ।उसले धेरै चोटि भेटम भनी र पनि समयको अभाव देखाँउदै टारिरहेँ ।एकदिन चैँ भेट्ने नै भईयो।
मंसिर,पुस अागो ताप्दै सकियो।फेरि विवाहको वाजा बज्ने माघ अाईसकेकै थियोे ।नवविवाहित जोडिहरु दरवारमार्ग अाशपास सपिङ्ग र रेष्टुरेन्टमा पनि अनुमान लाउन गार्हो थिएनन।
सबै सहज भएर जान्थ्यो भनेे हाम्रो जिन्दगी पनि संगै यस्तै हुन नि बेर थिएन! यहि सोचेरै अाफन्तिले जुराएका थिए सवि र मेरो भेट।
अलिकति नि मौसम नखुलेको त्यो दिन दरवारमार्ग “कान्छाको भान्सा “रेष्टुरेन्टमा दुई कप कफिको वाफ उड्दै थियो ।लाग्थ्यो वाफ पनि जापान र अष्ट्रेलियानै उड्दैछन ।सविले सुविन भट्टराईको “मनसुन” ल्याईदिएकि थिई जुन म उसलाई हेर्न जाँदा साथमा थियोे र अहिलपनि हातमै छ।उ मेरो साईडमा कुनापट्टिको टेबुलमा छ ।निराश देखिन्छे ,यत्तिकैमा सोधेँ,
‘मनसुन कस्तो लाग्यो त?’
‘कताकता अाफुलाई पाँउछु र यथार्थ लाग्छ।’
उसले जवाफ फर्काई ।कुरा गर्दै जाँदा राज रिसाएकोमा उसलाई धेरै नरमाइलो लागेको छ।खेमराजको यस्तो रुप कहिल्यै नदेखेकि उसको मन फर्किन्न कि भन्नेमा चिन्ता छ।
‘अब त उस्ले छोड्यो भने म जिउनुको नि के अर्थ छ र?
‘अाफु उ छ भनेर यसरी विना शंका बसेको छु ।’
‘एउटा केटामान्छे र केटिमान्छेमा यहि फरक रहेछ, हामी मन दिएपछि दिन्छौ मात्र तर केटाहरु लिँदामात्र रहेछन ।’
अाज म यस्तो हालतमा हुँदा नि म्यासेज रिप्लाई नदिएरै तड्पाँउछ !
‘कति कठोर हुन्छ है माया गर्ने मान्छे नि कुनैबेला त ।’
।
उसले एउटा केटाको बारेमा अर्को केटासंग यति संगिन अारोप लगाँउदैछ त्यो पनि मेरो काँधमा टाउको राखेर । त्यो दिन “मनसुन ” मलाई थमाएर गई पनि के भनुँ मन नै थमाएर गई ।एकथान सेल्फि नारायणहिटी संग्रहालय पृष्ठभूमि बनाएर लियौँ र उ वाटो लागि ।
बेलुका सविबारे सरिकालाई सेल्फि पठाएर सबै कुरा भनेँ।उस्ले केही राम्रो भन्लि जस्तो लागेको थियो तर उ झोक्किई।
“यस्तै हुन्छन् केटा मान्छेहरु ”
‘जे सोचेको उही भैदियो ।घरिघरि त्यही केटी भेट्नु थियो भने मलाई कुरेजस्तो किन गर्नु पर्यो त?’
उस्का शब्द शब्दले घोचे मलाई त्यो पल !
मास्टर्स सकेर कुनै वाटो लिईएला भन्ने थियो ।न जोस न जाँगर अब बाँकि रहे जिन्दगीका ।सवि र मेरा कथा उस्तै वने अब व्यथा उ केटी बनेर पोख्थि अाफु केटा बनेर । त्यसपछि हाम्रा भेट बाक्लो बन्दै गए ।सबैभन्दा वढि ….