कविता : मलामीको देश

~योगेश ढकाल~

देशको
अर्को दुर्भाग्य
यी काँधहरु
लाश बोकेर
मसानघाट झरिरहेकाछन् ।

कर्णालीको यात्रा
गाउँहरु शुन्य छन्
सपना बोकेर
अनी
लाशहरु जस्तै
मौन छन्
सपनाहरु पनि

गाउँ शुन्य हुनुको पिडा
चितामा
आफ्नै सपना जलाएर
मलामीहरु गाउँ फर्कन्छन् ।

यी
मलामीहरुलाई फुर्सद हुँदैन
एक थोपा आसुँ झार्ने
एक घुट्को पानी पिउने

के थाहा !

कतै बाटोमा कुनै अर्को लाश
मलामीको प्रतिक्षामा
छट्पट्याइरहेको छ की ?

मेरो देश झैं ।

देश त आफ्नै हो
तर
देशले कहिल्य आफ्नो भनेर सम्झेन ।

– प्रवास, पोखरा
November 9, 2008

(स्रोत : माइ संसार डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.