~सक्षम अर्याल~
किन बेच्छन् मानिसहरूले आफ्नो चेलीबेटी
आफ्नो मान, मर्यादा र सबै इज्जत मेटी
काम दिन्छु भनी लैजान्छन् ठूलो शहरमा
पैसा कमाउाछु भनी जान्छन् ठूलो रहरमा
चेलीबेटीहरू लिएर जान्छन् कति ठूलो आश
त्यहाा गएपछि हुनुपर्छ उनीहरू निराश
चेलीबेटी लैजान्छन् काम दिन्छु भनी
चेलीबेटीलाई बेचेर हुन्छन् उनीहरू धनी
बाबुआमाले चेलीबेटीलाई घाटा सम्झन्छन्
उनीहरूले बालविवाह गर्न चााडै तम्सन्छन्
नमान्नु है दिदीबहिनी बाबुआमाको कुरा
हुन नदिनु उनीहरूको नराम्रो इच्छा पूरा ।
– कक्षा: १०, माउन्ट एडमन्ड मावि
(स्रोत : प्रतीक दैनिक पत्रिका)