कविता : कमरेड !! राष्ट्रियता आगोले जल्दैन

~मोहराज शर्मा ‘मोहबाबु’~

कमरेड !!
तिम्रो अदुरदर्शिताको पराकाष्टा हो यो ।
आफ्नो स्वार्थका लागी
माटो खल्बलाउन खोज्ने,
आफै हिडने बाटो खल्बलाउन खोज्ने
तिमी भित्रको लघुमानव तिम्रो आवरणले छोप्न सकेन ।।

बिरता एकता र राष्ट्रियताको
गरिमा भत्काएर
बस्ति कुरुक्षेत्र बनाउने
तिम्रो बदनियत स
सगरमाथाको स्वाभिमान बोक्ने
नेपालीलाइ क्षम्य हुनेछैन ।।

तिमीले बुद्ध बिर्सियौ,
टुक्रा जोडेर नेपाल दिने पृथ्वि बिर्सेउ ।
भक्तिको देशभक्ति,
पानी बिनाको नालापानी जितेको
बलभद्रको कथा,
अमर सिंहको अमर कथा
कहिल्यै पढ्यौ ? बैरीसँग बिरताको गाथा ।
सेरिएर देशको लागी रगत चढाउने
महान शहिदको तस्विर छातिमा छ ?
छैन,
कदापि छैन ।
भोली सोच्न नसक्ने
तिम्रो लघु बिद्धताले त्यही पुष्टि गर्छ ।

इतिहास ले सराप्ने छ
यहि बेला अझै खुम्चियौ भने ।
त्यसैले बिन्ती छ
सगरमाथाको अडेश लगाएर
मन मुटु र हृदयमा बुद्ध टाँसेर
मेचि कालीमा
बाँचेका बस्तिहरुमा आगो नझोस ।।
यदी त्यही फिलीङगोले
स्वाभिमानले बारेका बस्तिमा छोयो भने
त्यसैले तिमी खरानी बन्नेछौ

तर राष्ट्रियता आगोले जल्नेछैन ।
शकुनिका पासाले स्वाभिमान ढल्नेछैन ।।

मोहबाबु
बागलुङ, हाल काठमाडौ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.