गजल : देश हो यो

~नविन सङ्घर्ष~

महिना – महिनामा सत्ता ढाल्नेहरुको देश हो यो
प्रत्येक दिन सडक बाल्नेहरुको देश हो यो ।

बेचेर दक्ष जनशक्ति विदेशीहरुलाई
फटाहा र गुण्डा पाल्नेहरुको देश हो यो ।

देखाएर नयाँ–नयाँ रङ्गीन सपनाहरु सध,ै
थोत्रो टालोहरुले नैं टाल्नेहरुको देश हो यो ।

विश्वासको खेती नगर नैं अविश्वास छ यहाँ,
पिठो घरमा लुकाएर ढुङ्गा चाल्नेहरुको देश हो यो ।

कहिले लेख्नु धक फुकाएर “सङ्घर्ष” ले ?
नयाँ–नयाँ यात्रा थाल्नेहरुको देश हो यो ।

– नुनथला–१, खोटाङ ।

(स्रोत : एबिसिखबर डट कम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.