~अरुणबहादुर खत्री “नदी”~
हे मेरा सहीद
तिमी बाँचुञ्जेल
आफैंलाई बिर्सिएर
देसलाई बलियो
बनाउनतिर लाग्यौ
हे मेरा सहीद
आफूलाई अलग्याएर रित्याएर
तिमीले प्रजातन्त्रको गीत गायौ
आफ्नो राष्ट्रको निम्ति
रगतको खोलो बगायौ
स्वाभिमानका लागि
वैरीहरुसँग लड्यौ
आफू मरेर
देशलाई जोगायौ
धन्य छौ तिमी
धन्य छन् तिमीलाई
जन्माउने वीर आमाबुबाहरु ।
– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )