~सुमी लोहनी~
ए मृत्यु ! किन डराऊा तासित
आइज आगाल्छु तालाई प्ेरमसित
के हाास्नभन्दा कठिन छ र रुन ?
के बााच्नभन्दा गार्हो छ र मर्न ?
बहाना अनेक
कारण अनेक
मृत्युका रुप अनेक
तिनकै प्रहारले पलपल मरिरहेको मान्छे म
एकै जुनीमा कयौंपटक मरेको मान्छे म
कहिले माया गर्छु भन्नेको मायाले
विश्वासघातको फणा उठाई डस्यो
कहिले स्वजनको स्वार्थले
पिठिउामा धारिलो छुरा धस्यो
कहिले नाताको नालले
कञ्चटमैं गोली दाग्यो
कहिले इष्टमित्रको ईखले
बिख नै पिलायो
कहिले दयावानको दयाले
दगाबाजी गर्यो
कहिले कसैले मुखौटोमा छिपी
छलले छाती छियाछिया पार्यो
कहिले मान्छेको झूटले
धरापमा पार्यो
धोकाले ठहरै मार्यो
यसरी बारम्बार मरेको मान्छे म
त्यसैले
ए काल ! ए मृत्यु देवता !
तादेखि म किन डराऊा
बरु स्वागतमा आफ्नो बाहु फैलाऊा
प्रतीक्षामा नयन बिच्छ्याऊा
आइज ता छिटो आइज
यो जीवनदेखि, यो संसारदेखि
मुक्ति दिला, आफ्नो साथमा लैजा
ए मृत्यु ! तँ आइज
तँ देखि डराउन्न, कहीा भाग्दिना
तँ आइज, आइज ।
–सुमी लोहनी, भाटभटेनी, काठमाडौं
(स्रोत : प्रतीक दैनिक पत्रिका)