~उमाशङ्कर द्विवेदी~
जिउँदै स्वर्गमा गएका अर्जुन फर्कने आशामा पाण्डवहरू नरनारायणको आश्रम काम्यकवनमा छ दिनसम्म विश्राम गरे । छैटौं दिन अकस्मात् इशान कोणबाट बग्दै गरेको हावाको कारणले हावाको साथ एउटा सहस्रदल कमल उड्दै आएर उनीहरूको छेवैमा आई खस्यो । त्यो कमलको फूल बडो अनौठो, दिव्य र साक्षात् सूर्यको समान देदिप्यमान थियो । त्यस कमलको फूलको सुगन्ध दिव्य र अनौठो खालको थियो । भुइँमा खस्ने बित्तिकै त्यस फूलमाथि द्रौपदीको नजर पर्यो । त्यसलाई देख्ने बित्तिकै द्रौपदी त्यस सौगन्धिक कमलको छेऊमा आइन् र मनमा अति प्रसन्न भएर भीमसेनसित भन्न थालिन्– “आर्य, म यस्तो कमलको फूल धर्मराजलाई उपहार दिन चाहन्छु । यदि तपाईंले वास्तवमा मसित माया गर्नुहुन्छ भने मलाई यस्ता धेरै फूलहरू ल्याइदिनुहोस् । म तिनीहरूलाई काम्यक वनको आफ्नो आश्रममा लग्न चाहन्छु ।”
भीमसेनसित यस्तो भनेर द्रौपदीले त्यो फूल टिपी धर्मराजको छेउमा गइन् । राजमहिषी द्रौपदीको आशय बुझेर भीमसेनले आफ्नी प्रियाको प्रिय गर्ने इच्छाले जताबाट हावाले त्यसलाई उडाएर ल्याएको थियो, त्यसैतर्फ त्यस्ता फूलहरू ल्याउन शीघ्रतापूर्वक हानिए । उनले बाटोमा विघ्न–बाधाहरू पञ्छाउनका लागि सुवर्णले आच्छादित पिठयूँ भएको धनुष रविषधर सर्पझैं तीखा वाणहरू लिएर उनी कुपित बाघ वा मत्त हात्तीझैं हिंड्न थाले । बाटोमा हिंड्दै जाँदा उनी आपस्तमा ठक्कर खाने बादलझैं भीषण गर्जना गर्दै गइरहेका थिए । त्यस शब्दको आवाजले तर्सिएर बाघहरू आफ्नो ओडार छाडेर भाग्न थाले, ज·ली जानवरहरू जताततै लुक्न थाले, चराहरू भयभीत भएर अतालिंदै आकाशमा कावा खान थाले तथा मृगहरूको बथान आत्तिएर दगुर्न थाले । भीमसेनको गर्जनाले दिगदिगन्त गुञ्जिन थाल्यो । उनी अगि बढ्दै गए । केही अगि गएपछि उनले गन्धमादन पर्वतको टाकुरामाथि कैंयन योजनमा फैलिएको केराबारी देखे । महाबली भीमसेन नृसिंहझैं गर्जना गर्दै त्यस केराबारीभित्र पसे ।
त्यस केराबारीमा महावीर हनुमानजी बस्दथे । उनले आफ्नो भाइ भीमसेन आउन लागेको समाचार पाइसकेका थिए । उनले मनमा विचार गरे– “भीमसेन यस बाटो भएर स्वर्गमा जानु उचित हुने छैन, किनकि यस्तो गर्नाले सम्भव छ, बाटोमा कसैले उसको तिरस्कार गरिदेओस् अथवा उसलाई भयानक शाप देओस् ।” मनमा यस प्रकारले सोचेर उनको रक्षा गर्ने उद्देश्यले उनी केराबारी भएर गएको बाटोको माझमा बाटो छेकी ढल्किएर सुते । उनी त्यहाँ सुतेर उघ्दै हाई गर्दै आफ्नो पुच्छर झट्कार्दथे । त्यसको प्रतिध्वनि चारैतिर फैलिन्थ्यो । त्यो ध्वनि मत्त हात्तीको घोर गर्जनालाई पनि उछिन्दै चारैतिर फैलिंदै थियो । त्यसलाई सुनेर भीमसेनको आ·को रौं ठाडो भयो र उनी केको आवाज हो भनी पहिल्याउनका लागि केराबारीमा यताउति भौंतारिन थाले । हेर्दै जाँदा एउटा विशाल शिलामाथि वानरराज हनुमान पल्टिरहेको देखा परे । उनको ओठ पातलो, जिब्रो र अनुहार रातो, कानको र· पनि रातै, चञ्चल आखीभौं तथा मुखमा सेता दाँत र ढाढ देखिन्थ्ये । उनको अ·को कान्ति प्रज्वलित अग्निसमान थियो । उनी आफ्नो मधुको समान पहेंलो आँखाबाट यताउति पुलुक्क पुलुक्क हेरिरहेका थिए । उनको शरीर बडो स्थूल थियो तथा उनी स्वर्गको बाटो छेकेर हिमालयसमान स्थित थिए ।
त्यस महान् वनमा हनुमानजीलाई एक्लै पल्टिएको अवस्थामा देखेर भीमसेन निर्भय भएर उनी छेऊ गएर बिजुलीको गर्जनासमान भीषण सिंहनाद गर्न थाले । भीमसेनको त्यस प्रकारको गर्जनाले वनका जीवहरूलाई बडो त्रास भयो । महाबली हनुमानजीले पनि आफ्ना उन्मिलित आँखा उघारेर उपेक्षापूर्वक भीमसेनलाई हेरेर उनलाई आफ्नो नजिक पाएर मुस्काउँदै भन्न थाले– “भाइ, म त रोगी छु । यहाँ आनन्दले सुतिरहेको थिएँ, तिमीले मलाई के कति कारणले ब्यूँझायौ ? तिमी को हौ र यस वनमा के कति कामले आएका छौ ? यहाँ न त कुनै किसिमको मानवी भाव नै रहन्छ, न कुनै मानिस नै रहन्छ । अगाडि तिमी कहाँसम्म जाने हो कुन्नि ? यसअगाडि यो पर्वत अगम्य छ, यसमाथि कोही पनि उक्लिन सक्दैन । अत: तिमी यहाँ आफूले चाहेको जति फलफूल खाएर विश्राम गर तथा मेरो कुरा मान्ने हो भने यहींबाट फर्किजाउ । अगाडि जानमा व्यर्थै आफ्नो प्राणलाई सड्ढटमा नपार ।”
उनको कुरा सुनेर भीमसेनले भने–“वानरराज, तपाईं को हुनुहुन्छ ? किन यो बाँदरको शरीर धारण गर्नुभएको छ ? म चन्द्रवंश अन्तर्गत कुरूवंशमा उत्पन्न भएको छु । म माता कुन्तीको गर्भबाट जन्मेको हुँ र म महाराज पाण्डुको पुत्र हुँ, मान्छेहरूले मलाई वायुपुत्र पनि भन्छन्, मेरो नाम चाहिं भीमसेन हो ।”
हनुमानजीले भने– “म त बाँदर पो हुँ तर तिमी यो बाटो भएर अगाडि जाने सुर कसेका छौ भने म तिमीलाई जान दिन्नँ । तिमी यहींबाट फर्किजाउ नत्र भने मारिनेछौ ।” भीमसेनले भने– “मैले मर्ने र बाँच्ने कुरा तिमीसित गरेको होइन, तिमी उठेर मलाई बाटो छाडिदेऊ ।” हनुमानजीले भने– “हेर, म रोगी छु, मसँग यहाँबाट उठ्ने शक्ति छैन । यदि तिमीलाई जानु नै छ भने मलाई नाघेर जाऊ ।” भीमसेनले भने–“म तिम्रो अपमान वा उल्लङ्घन गर्ने छैन । यदि मलाई शास्त्रहरूद्वारा भूतभावन भगवान्को स्वरूपको ज्ञान नभएको भए म तिमीलाई त के यस पर्वत शृङ्खलालाई नै हनुमानजीले समुद्र नाघेझैं नाघेर जान्थे ।” हनुमानजीले सोधे– “यो हनुमान को थियो र उसले समुद्रलाई किन नाघेको थियो ? त्यस विषयमा तिमीलाई केही थाहा छ भने भन ।” भीमसेनले भने– “ती बाँदर प्रवर मेरा दाजु हुन् । उनी बल, बुद्धि र उत्साहले सम्पन्न तथा बडो गुणवान् र रामायणमा उनी अत्यन्त विख्यात थिए । श्रीरामचन्द्रजीकी भार्या सीताजीको खोजीमा उनी एक सय योजन विस्तीर्ण समुद्रलाई सजिलै नाघेर लड्ढा गएका थिए । म पनि बल र पराक्रममा उनैको समान छु । त्यसैले तिमी उभिएर मलाई बाटो देऊ, नत्र म तिमीलाई यमपुरी पुर्याइदिने छु ।” भीमसेनको रोषयुक्त कुरा सुनेर हनुमानजी मुसुमुसु हाँस्दै भने–“भाइ, तिमी ममाथि रोष नगर । बुढयौलीको कारणले ममा उभिने शक्ति छैन । त्यसैले तिमीले कृपा गरेर मेरो पुच्छर बाटोबाट पर सारेर अगाडि गइहाल ।”
यो सुनेर भीमसेन अवज्ञापूर्वक हाँस्दै आफ्नो देब्रे हातले हनुमानजीको पुच्छर सार्न थाले, तर उनले त्यस पुच्छरलाई किञ्चित हल्लाउन पनि सकेनन् । त्यसपछि उनले दुईटै हातले पुच्छर सार्न थाले तर यसमा पनि उनी असमर्थ भए । उनले लज्जापूर्वक मुण्टो निहुराएर हात जोडी नमस्कार गरेर सोधे– “बाँदरराज, तपाईं ममाथि प्रसन्न हुनुहोस् तथा मैले बोलेका कटु वचनहरूका लागि मलाई माफी दिनुहोस् । म तपाईंको वास्तविक परिचय पाउन चाहन्छु । कृपा गरेर मलाई भन्नुहोस् यस प्रकारले बाँदरको शरीर धारण गर्ने तपाईं को हुनुहुन्छ । तपाईं कुनै सिद्ध, देउता, गन्धर्व वा गुहयक हुनुहुन्छ ? यदि यो रहस्य गुप्त राखिने खालको होइन र भन्ने खालको रहस्य हो भने म तपाईंको शरणागत भएर शिष्य भावले सोधिरहेको छु, तपाईं वास्तवमा को हुनुहुन्छ, कृपया मलाई बताइदिनुहोस् ।
आफ्नो बलको अहड्ढारको कारण हनुमानको पुच्छर बाटोबाट सार्न नसकेर भीमसेनले लज्जापूर्वक मुन्टो निहुराएर हात जोडी नमस्कार गरेर सोधे–बाँदरराज, तपाईं ममाथि प्रसन्न हुनुहोस् तथा मैले बोलेका कटु वचनहरूका लागि मलाई माफी दिनुहोस् । म तपाईंको वास्तविक परिचय पाउन चाहन्छु । कृपा गरेर मलाई भन्नुहोस्, यस प्रकारले बाँदरको शरीर धारण गर्ने तपाईं को हुनुहुन्छ ? तपाईं कुनै सिद्ध, देउता, गन्धर्व वा गुह्यक को हुनुहुन्छ ? यदि यो रहस्य गुप्त राख्ने खालको होइन, बताउने खालको रहस्य हो भने म तपाईंको शरणागत भएर शिष्यभावले सोधिरहेको छु, तपाईं वास्तवमा को हुनुहुन्छ, कृपया मलाई बताइदिनुहोस् । भीमसेनले विनयपूर्वक सोधेपछि हनुमानजीले आफ्नो परिचय दिदै भने–कमलनयन भीम, म वानरराज केशरीको क्षेत्रमा जगत्को प्राणस्वरूप वायुबाट उत्पन्न हनुमान नामक बाँदर हुँ । अग्निसित जसरी वायुको मित्रता हुन्छ त्यसरी नै सुग्रीवसित मेरो मित्रता थियो । कुनै कारणले बालीले आफ्ना भाइ सुग्रीवलाई आफ्नो घरबाट धपाइदिएका थिए । त्यसपछि धेरै दिनसम्म सुग्रीवले मसित ऋष्यमूक पर्वतमा समय बिताएका थिए । त्यति बेला भगवान् विष्णु दशरथनन्दन रामको रूपमा अवतरित भएर पृथ्वीतलमा विचरण गरिरहेका थिए । आफ्नो पिताको आज्ञा पालन गर्न धनुर्धरहरूमध्ये सर्वश्रेष्ठ राम आफ्ना भाइ लक्ष्मण तथा भार्या सीताका साथ दण्डकारण्य वन आएका थिए । जुन बेला उनी जनस्थानमा बसिरहेका थिए, त्यस बेला ती पुरुषश्रेष्ठलाई छल गरेर रत्नजटित सुवर्णमय मृगको रूप धारण गर्न सक्ने मारीच राक्षसद्वारा धोका गराई राक्षसराज दुरात्मा रावणले छलपूर्वक जबर्जस्ती उनकी भार्या सीतालाई हरण गरेर लग्यो ।
यस प्रकार स्त्रीको हरण भएपछि उनलाई खोज्दै भगवान् श्रीराम आफ्ना भाइसहित ऋष्यमूक पर्वतमा आएर सुग्रीवसित भेटे । अनि त्यसपछि ती दुवैमा मित्रता भयो र श्रीरामजीले बालीलाई मारेर किष्किन्धाको राजगद्दीमा सुग्रीवलाई अभिषिक्त गरिदिए । राजा भएर सुग्रीवले सीताजीलाई खोज्न सहस्रौं बाँदर पठाए । त्यस बेला एक करोड बाँदरका साथ म पनि दक्षिणतर्फ गएँ । बाटोमा गृधराज सम्पातिले सीताजीलाई राक्षस रावणले हरण गरेर लड्ढापुरी पुर्याएको खबर सुनाए । त्यसैले पुण्यकर्मा रामजीको कार्य पूरा गर्नका लागि मैले अनायासै एक सय योजन विस्तारमा फैलिएको, गोही र मगरहरूले भरिएको, दुर्लंघ्य समुद्र आफ्नो पराक्रमले नाघेर रावणको नगरमा जनकनन्दिनी सीताजीलाई भेटें । त्यसपछि रावणको अत्यन्त मनोहारी नगर लड्ढालाई आगोले डढाएर त्यहाँ राम नामको घोषणा गरेर फर्केर आएँ । मेरो कुरा सुनेर श्रीराम छिट्टै कराडौं बाँदरका साथ हिंडेर समुद्रमाथि सेतु बनाएर लड्ढा पुगे । त्यहाँ पुगेपछि उनले सङ्ग्राममा सम्पूर्ण लोकलाई रुवाउने रावणलाई उसका आफन्तहरूका साथ मारी, आफ्ना आश्रितहरूमाथि कृपा गर्ने परम धार्मिक भक्त विभीषणलाई लड्ढाको राजगद्दीमा बसाए । अनि आफ्नी भार्यालाई लिएर आफ्नो राजधानी अयोध्या फर्किआए ।
त्यहाँ राजा रामको राज्याभिषेक हुने बेला मैले उनीसित वर मागें–हे, शत्रुदमन, जबसम्म यस पृथ्वीमा तपाईंको पवित्र कथाको स्मरण भइरहनेछ, तबसम्म म जीवित रहन सकूँ । राजा रामले मैले चिताएको वर दिए । भीमसेन त्यसै बेलादेखि म यहाँ बस्दै आएको छु तथा सीताजीको कृपाले मलाई यहाँ इच्छानुसार भोग प्राप्त भइरहन्छ । श्रीराम एघार सहस्त्र वर्ष पृथ्वीमा राज्य गरेपछि आफ्नो परमधाम फर्किए । यस स्थानमा गन्धर्व र अप्सराहरूले श्रीरामचरित्र सुनाएर मलाई आनन्दित तुल्याइरहन्छन् । यस मार्गमा देउताहरूको वास रहन्छ । मानिसका लागि यो अगम्य छ । त्यसै कारण मैले तिमीलाई रोकेको थिएँ । सम्भवत: कसैले तिम्रो तिरस्कार गर्न सक्दथ्यो अथवा सराप नै दिन सक्दथ्यो, किनकि यो बाटोबाट केवल देउताहरूमात्र ओहरदोहर गर्न सक्दछन् । यो बाटोबाट मानिस हिडडूल गर्न सक्दैन । तिमी जहाँ जान भनी आएका छौ, त्यो पोखरी यही. नजिकै छ ।
हनुमानजीको कुरा सुनेर भीमसेन प्रसन्न भएर आफ्नो दाज्यु बाँदरराज हनुमानजीलाई नमस्कार गर्दै कोमल वाणीले भने– “आज म आफूलाई परम शौभाग्यशाली ठानिरहेको छु, किनकि आज मैले आफ्नो दाज्युको दर्शन गर्न पाएँ । तपाईंको दर्शनले मैले सुख पाएँ । मेरो एउटा इच्छा जसलाई हजुरले पूर्ण गर्नुपर्दछ । वीरवर, हजुरले समुद्र नाघ्ने बेला जुन अनुपम रूप धारण गर्नुभएको थियो, म त्यो रूप हेर्न चाहन्छु । यसले मलाई सन्तोष पनि प्राप्त हुनेछ तथा हजुरको वचनको विश्वास पनि हुनेछ ।
भीमसेनको कुरा सुनेर परम तेजस्वी हनुमानजी हाँस्दै भने–भाइ, तिमीले मेरो त्यो रूप हेर्न सक्दैनौ र अर्को कुनै मानिसले पनि हेर्न सक्दैन । त्यस बेलाको कुरै अर्को थियो । त्यो त्रेतायुगको कुरा हो । कालले निरन्तर क्षय गरिरहन्छ, अब मेरो त्यो रूप छँदै छैन । पृथ्वी, नदी, वृक्ष, पर्वत, सिद्ध, देउता र महर्षि जम्मैले कालको अनुसरण गर्दछन् । प्रत्येक युगको अनुसार यिनीहरूको शरीर, बल र प्रभाव न्यूनाधिक भइरहन्छ । त्यसैले भाइ तिमीले मेरो त्यो रूप हेर्ने आग्रह छाडिदेऊ । ममा पनि युग अनुसार बलविक्रम रहन्छ किनकि कालको अतिक्रमण कसैले पनि गर्न सक्दैन ।
भीमसेनले लाढे ढीपी गर्दै भने(म हजुरको पूर्व रूप अवश्य हेर्न चाहन्छु । यदि हजुरको ममाथि कृपा छ भने मलाइ त्यस रूपको दर्शन अवश्य गराउनुहोस् । भीमसेनले यस प्रकार ढीपी गर्न थालेपछि हनुमानजी मुस्काउदै आफ्नो त्यो रूपको दर्शन गराए जुन रूप उनले समुद्र नाघ्ने बेलामा धारण गरेका थिए । आफ्नो भाइलाइ प्रसन्न गर्नको निम्ति उनले आफ्नो शरीर अत्यन्त ठूलो गरिदिए । उनको शरूरको लम्बाइ चौडाइ अत्यन्त विस्तृत रूपमा फैलियो । भीमसेनले आफ्नो दाज्युको त्यो विशाल शरीर देखेर रोमाञ्चित हुन पुगे तथा उनको आूखा हनुमानजीको विशाल आकृति तथा रूप कान्तिको तेजलाइ सहन गर्न न सकेर बन्द भए । भीमसेनले उनलाइ हाथ जोरेर भन्न थाले(हे समर्थ हनुमानजी, मैले तपाइको शरीरको महान विस्तार हेर्न पाए । अब हजुर आफ्नो यस स्वरूपलाइ समेटेर आफ्नो पूर्ववत् शरीरमा फर्कनुहोस । म तपाइको तेज सहन गर्न सकिरहेको छैन, म हजुर तिर हेर्न पनि सकिरहेको छेन ।
भीमसेनको कुरा सुनेर परम तेजस्वी हनुमानजीले हाँस्दै भने– “भाइ, तिमीले मेरो त्यो रूप हेर्न सक्दैनौ र अर्को कुनै मानिसले पनि हेर्न सक्दैन । त्यस बेलाको कुरै अर्को थियो । त्यो त्रेतायुगको कुरा हो । कालले निरन्तर क्षय गरिरहन्छ, अब मेरो त्यो रूप छँदै छैन । पृथ्वी, नदी, वृक्ष, पर्वत, सिद्ध, देउता र महर्षि जम्मैले कालको अनुसरण गर्दछन् । प्रत्येक युगको अनुसार यिनीहरूको शरीर, बल र प्रभाव न्यूनाधिक भइरहन्छ । त्यसैले भाइ, तिमीले मेरो त्यो रूप हेर्ने आग्रह छाडिदेऊ । ममा पनि युग अनुसार बलविक्रम रहन्छ किनकि कालको अतिक्रमण कसैले पनि गर्न सक्दैन ।”
भीमसेनले ढिपी गर्दै भने– “म हजुरको पूर्वरूप अवश्य हेर्न चाहन्छु । यदि हजुरको ममाथि कृपा छ भने मलाई त्यस रूपको दर्शन अवश्य गराउनुहोस् ।” भीमसेनले यस प्रकार ढिपी गर्न थालेपछि हनुमानजी मुस्काउँदै आफ्नो त्यो रूपको दर्शन गराए, जुन रूप उनले समुद्र नाघ्ने बेलामा धारण गरेका थिए । आफ्नो भाइलाई प्रसन्न गर्नको निम्ति उनले आफ्नो शरीर अत्यन्त ठूलो गरिदिए । उनको शरीरको लम्बाइ चौडाइ अत्यन्त विस्तृतरूपमा फैलियो । भीमसेनले आफ्नो दाज्युको त्यो विशाल शरीर देखेर रोमाञ्चित हुन पुगे तथा उनको आँखा हनुमानजीको विशाल आकृति तथा रूप कान्तिको तेजलाई सहन गर्न नसकेर बन्द भए । भीमसेनले उनलाइ हात जोरेर भन्न थाले– “हे समर्थ हनुमानजी, मैले तपाईंको शरीरको महान् विस्तार हेर्न पाएँ । अब हजुर आफ्नो यस स्वरूपलाई समेटेर आफ्नो पूर्ववत् शरीरमा फर्कनुहोस् । म तपाईंको तेज सहन गर्न सकिरहेको छैन, म हजुरतिर हेर्न पनि सकिरहेको छैन ।”
भीमसेनले भने– “हे वीर, तपाईं छँदाछँदै रामजीले रावणसित युद्ध गर्नुपर्यो, यस कुराले म आश्चर्यचकित छु । त्यस लड्ढालाई तथा त्यसमा रहेका योद्धाहरूलाई तपाईंले आफ्नै बाहुबलले सजिलै नष्ट गर्न सक्नुहुन्थ्यो । पवननन्दन, यस्तो कुनै पनि वस्तु छैन, जो तपाईंलाई प्राप्त नहोओस्, रावण त आफ्नो पराक्रमले एक्लै तपाईंसित लड्नमा समर्थ थिएन । भीमसेनको यस प्रकारको कुरा सुनेर हनुमानजीले बडो मधुर तथा गम्भीर शब्दमा भन्नुभयो– “हेर भाइ, तिमीले भनेको कुरा ठीकै हो, त्यस अधम राक्षसले वास्तवमा मेरो सामना गर्न सक्दैन्थ्यो तर सम्पूर्ण लोकलाई काँढाभैंm बिझाउने त्यस रावणलाई यदि मैले मारेको भएँ श्रीरामजीलाई यो कीर्ति कसरी प्राप्त हुन सक्दथ्यो, त्यसैले मैले त्यसको उपेक्षा गरिदिएँ । श्रीरामजीले सेनासहित त्यस राक्षसलाई मारेर सीताजीलाई आफ्नो पुरीमा ल्याउनुभयो, जसले उनको सुयश फैलियो । ल अब तिमी जाऊ । हेर, त्यो सामुनेको बाटो सौगन्धिक वनमा जान्छ । त्यहाँ तिमीले यक्ष र राक्षसहरूद्वारा सुरक्षित कुबेरको बगैंचा पाउनेछौ । तिमीले हतारोमा फूल टिप्न नथाल्नू । मानिसहरूले विशेषरूपमा देउताहरूको मान गर्नुपर्ने हुन्छ । भाइ, तिमीले अत्यधिक साहस नगर्नू, आफ्नो धर्मको पालना गर्नू ।”
यति भनेर हनुमानजी आफ्नो इच्छाले विस्तार गरेको आफ्नो शरीरलाई पूर्ववत् पारेर भीमसेनलाई अड्ढमाल गरे । जसले गर्दा भीमसेनको सम्पूर्ण थकान साम्य भयो र सबै प्रकारको अनुकूलताको अनुभव हुन थाल्यो । अनि हनुमानजीले आँखामा आँसु भरेर गद्गद् वाणीमा भने– “भाइ, अब तिमी जाऊ । कुनै बेला कुनै किसिमको चर्चा चल्यो भने मेरो स्मरण गर्नू । म यहाँ बस्दछु भन्ने कुरा कसैलाइ पनि नभन्नू । अहिले कुबेरले पठाइएका देवा·ना र अप्सराहरू यहाँ आउने बेला हुन थालिसकेको छ । तिम्रो मानवी शरीरको स्पर्श भएको कारणले मलाई संसारको ह्दयलाई प्रफुल्लित पार्ने श्रीरामजीको स्मरण भइआयो । अब तिमीलाई पनि मेरो दर्शनको केही फल प्राप्त हुनुपर्दछ । तिमीले भ्रातृत्वको नाताले मसित कुनै वर माग । यदि तिम्रो इच्छा भए म हस्तिनापुर गएर तुच्छ धृतराष्ट्रपुत्रहरूलाइ मार्न सक्दछु । तिमीले चाहेमा हस्तिनापुरलाई ढु·ा वर्षाएर नष्ट पारी दुष्ट दुर्योधनलाई पाता फर्काइ बाँधेर तिम्रो खुट्टामा ल्याइ पछार्नेछु । महाबाहो, तिम्रो जस्तो इच्छा छ, म त्यसलाई पूर्ण गर्न सक्दछु ।” हनुमानजीको कुरा सुनेर भीमसेन बडो प्रसन्न भएर भन्न थाले– “वानरराज, तपाईंको म·ल होस् । मेरा यस्ता कामहरू तपाईंले गरिसक्नुभयो । तपाईंको दयादृष्टि बनिरहोस्, यही म चाहन्छु । तपाईं हाम्रो रक्षक हुनुहुन्छ, त्यसैले हामी पाण्डवहरू सनाथ भयौं । तपाईंको प्रतापले हामी शत्रुहरूलाई जित्नेछौं ।”
भीमसेनको कुरा सुनेर हनुमानजीले भने– “भाइ, सुह्दय हुनाको कारणले म तिम्रो प्रिय नै गर्नेछु । जुन बेला तिमी शक्ति र बाणहरूले व्याप्त शत्रुको सेनामा पसेर सिंहनाद गर्नेछौ, त्यस बेला म आफ्नो शब्दले तिम्रो गर्जनालाई तीव्र पारिदिनेछु तथा अर्जुनको ध्वजामाथि बसेर यस्तो भीषण गर्जना गर्नेछु, जसले गर्दा तिम्रा शत्रुहरूको प्राण सुक्नेछ र तिमीले उनीहरूलाई सजिलै मार्न सक्नेछौ ।” यस्तो भनेर हनुमानजीले उनलाई बाटो देखाइदिएर आफू त्यहीं अन्तध्र्यान भए ।
हनुमानजीले बाटो देखाएर अन्तध्र्यान भएपछि महाबली भीमसेन उनले देखाएको बाटो भएर गन्धमादन पर्वतमाथि हिंड्न थाले । बाटोमा उनी हनुमानजीको विशाल विग्रह र अलौकिक शोभाको तथा दशरथनन्दन श्रीरामजीको महात्म्य र प्रभावको चिन्तन गर्दै गइरहेका थिए । सौगन्धिक वनलाई हेर्ने इच्छाले गइरहेका भीमसेनले बाटामा रमणीय वन र उपवन हेरे तथा नानाथरीका पुष्पित वृक्षहरूबाट सुशोभित सरोवर र नदीहरूलाई हेरे ।
यस्तै प्रकारले अगाडि बढ्दै जाँदा उनी कैलाश पर्वतको समीप कुबेरको भवनको नजिक एउटा सरोवरको नजिक पुगे । भीमसेन त्यहाँ पुगेर त्यसको निर्मल जल चाहे जति पिए । महात्मा कुबेर यस सरोवरमा जलक्रिडा गर्ने गर्दथे । त्यसको छेउछाउ देउता, गन्धर्व, अप्सरा र ऋषिहरू रहन्थे । त्यस सरोवर र सौगन्धिक वनलाई हेरेर भीमसेन बडो प्रसन्न भए । महाराज कुबेरको तर्फबाट हजारौं क्रोधवश नामक राक्षसहरू किसिम किसिमका हतियार तथा पहिरनले सुसज्जित भएर यस स्थानको सुरक्षा गर्दथे । उनीहरू महाबाहु भीमसेनको नजिकमा गएर सोधे– “कृपया भन्नुहोस्, तपाईं को हुनुहुन्छ ? तपाईंको भेष त मुनिहरूभैंm छ तर तपाईंले हातमा हतियार पनि बोक्नुभएको छ । भन्नुस्, तपाईं यहाँ कुन उद्देश्य लिएर आउनुभएको छ ?”
भीमसेनले भने– “राक्षसहरू, मेरो नाम भीमसेन हो । म धर्मराजभन्दा कान्छो, महाराज पाण्डुको पुत्र हँु । म आफ्ना भाइहरूका साथमा विशालामा बसिरहेको छु । यहाँबाट वायुमा उडेर एउटा सुन्दर सौगन्धिक पुष्प हामीहरू बसिरहेको ठाउँमा आइपुगेको थियो । त्यसलाई देखेर द्रौपदीले त्यस्तै अरू पनि फूल पाउने इच्छा गरिन् । म उनको इच्छा पूर्ण गर्नको लागि यहाँ आएको छु ।”
राक्षसहरूले भने– “पुरुषप्रवर, यो ठाउँ यक्षराज कुबेरको प्रिय क्रिडास्थान हो । यहाँ मरणधर्मा मानिसले विहार गर्न पाउँदैन । यहाँ देवर्षि, यक्ष र देउताहरूले यक्षराजसित आज्ञा लिएर मात्र जलपान तथा जलविहार गर्न पाउँछन् । यस्तो अवस्थामा तपाईंले उनको निरादर गरेर बलात् कमल पुष्प किन लिन खोजिरहनुभएको छ ? यस्तो अन्याय गरेर तपाईंले आफूलाई धर्मराजको भाइ भन्न सुहाउँछ त ? तपाईं पहिला यक्षराज कुबेरसित आज्ञा लिएर आउनुस् अनि मात्र तपाईंले यस सरोवरको जलपान गर्न पाउनुहुन्छ तथा कमलपुष्प पनि टिप्न सक्नुहुने छ, अन्यथा तपाईंले बलात् कमलपुष्पतिर हेर्न पनि पाउनुहुन्न ।”
भीमसेनले भने– “राक्षसहरू, राजाहरूले केही कुरा माग्दैनन्, यो नै सनातन धर्म हो । म कस्तै गरेर पनि क्षात्रधर्मलाई छाड्न सक्दिनँ । यो सुरम्य सरोवर पहाडी छहराहरूबाट बनेको छ । यो सरोवर प्राकृतिक देन भएको हुनाले यसमाथि कुबेरको समान नै सबैको अधिकार छ । यस्तो सार्वजनिक पदार्थको लागि कसले कोसित याचना गरोस् ?” यस प्रकार भनेर भीमसेन ती राक्षसहरूको उपेक्षा गरी जलविहार गर्नको लागि त्यस सरोवरभित्र पसे । भीमसेनको यस प्रकारको अनाधिकार प्रवेश देखेर राक्षसहरूले उनलाई रोक्दै जम्मैजना एकसाथ आफ्ना शस्त्रहरू लिएर जाइलागे । भीमसेनले पनि आफ्नो यमदण्डको समान सुवर्णमण्डित गहुँग्रो गदा उचालेर उनीहरूमाथि आक्रमण गरे । यो देखेर राक्षसहरूको रोष बढ्यो तथा उनीहरूले भीमसेनलाई चारैतिरबाट घेरी उनीमाथि तोमर र पट्टिश आदि अस्त्रशस्त्रहरू वर्षाउन थाले । भीमसेनले राक्षसहरूको वार विफल पारी कैयनजनालाई त्यस सरोवरको किनारामा सोतर पारिदिए । भीमसेनको आक्रमणलाई सहन गर्न नसकी ती राक्षसहरू रणा·णबाट भागी आकाश मार्गबाट कैलाश पर्वतको टाकुरामा पुगेर कुबेरलाई युद्धमा भीमसेनको बल पराक्रमको वर्णन गरे । राक्षसहरू त्यहाँबाट पलायन गरेपछि भीमसेन त्यस सरोवरभित्र पसेर आफूलाई चाहिए जतिका सुगन्धित तथा रम्य सौगन्धिक कमलपुष्प टिप्न थाले । राक्षसहरूको कुरा सुनेर कुबेरले हाँस्दै भने– “मलाई यो जम्मै कुरा पहिलेदेखि नै थाहा छ । द्रौपदीको लागि भीमसेनलाई जति कमलको फूलको आवश्यकता छ, त्यति टिप्न दिनू ।” कुबेरको यस प्रकारको आज्ञा सुनी राक्षसहरूको क्रोध शान्त भयो तथा उनीहरू भीमसेन भएको ठाउँमा आए ।
यता पाण्डवहरू बसिरहेको आश्रममा भीमसेनले युद्ध गर्दा बडो वेगवान, तीखो र धूलो वर्षाउने वायु चल्न थाल्यो । त्यहाँ घरिघरि बादलको गडगडाहटको साथ पृथ्वीमाथि उल्कापात हुन थाल्यो । धूलोले छोपिएर सूर्यको तेज समाप्त भयो, पृथ्वी हल्लिन थाल्यो, दिशाहरू रातो भएर आए, मृग र चराहरू बेतोडले कराउन थाले । चारैतिर अँध्यारो भयो । आँखाले केही पनि देखिंदैन्थ्यो । यसबाहेक पनि अनेकौं भयड्ढर उत्पात हुन थाल्यो । यस प्रकारको विचित्र स्थिति देखेर धर्मराज युधिष्ठिरले भने– “पाञ्चाली, भीम कहाँ छ ? उसले कुनै भयड्ढर कर्म गर्न आँटेको छ अथवा गरिदिएको छ जस्तो लाग्छ किनकि यो अकस्मात् हुन थालेको उत्पातले कुनै महान् युद्धको सूचना दिइरहेको जस्तो छ ।”
द्रौपदीले भनिन्– “राजन्, वायुले उडाएर एउटा सौगन्धिक कमलको फूल ल्याएको थियो, त्यसलाई मैले प्रेमपूर्वक भीमसेनलाई अपर्ण गरेर भनेकी थिएँ कि यस प्रकारको कमलको फूल धेरै मात्रामा खोजेर ल्याउनुहोस् । ती महाबाहु भीमसेन मलाई खुशी पार्नको लागि त्यो कमलको फूललाई खोज्दै पूर्वोत्तर दिशातिर लाग्नुभएको छ ।” द्रौपदीको कुरा सुनेर धर्मराजले नकुल र सहदेवसित भने– “भीम जुन बाटोबाट गएको छ त्यसै बाटोबाट हामीहरू छिटो जाऔं । राक्षसहरूले बाहुनहरूलाई तथा बाबु घटोत्कच तिमी द्रौपदीलाई लिएर हिंड । हेर, भीमले ब्रह्मवादी सिद्धपुरुषहरूको कुनै अपराध गर्नुभन्दा पहिले नै तिमीहरूको प्रभावले त्यहाँ पुग्नु वेश हुनेछ ।”
धर्मराजको कुरा सुनेर घटोत्कच आदि जम्मै राक्षसहरू ‘जो आज्ञा’ भन्दै पाण्डव र अनेकौं बाहुनहरूलाई बोकेर आकाश मार्गबाट हिंडे । उनीहरूलाई आफ्नो गन्तव्य अर्थात् कुबेरको सरोवरको स्थितिबारे थाहा थियो । उनीहरू छिट्टै गएर सुन्दर वनमा कमलको सुगन्धले सुवासित एउटा सरोवर देखे । त्यसैको किनारामा भीमसेन देखा परे र त्यही उनको नजिकमा अनेक मरेका यक्षहरूको शव देखा पर्यो । भीमसेनलाई देखेर धर्मराजले उनलाई अड्ढमाल गरेर मीठो वाणीमा भने– “कुन्तीनन्दन, तिमीले यो के गरेको ? यो त तिम्रै साहस हो । यसले देउताहरूको अप्रिय भएको छ । यदि तिमीले मेरो भलो चाहन्छौ भने यस्तो काम फेरि कहिले पनि नगर्नू ।” यस प्रकार भीमसेनलाई सम्झाइबुझाइ उनले सौगन्धिक कमलको फूल लिएर देउताहरूको समान उनी पनि सरोवरमा पसेर जलक्रिडा गर्न थाले । यत्तिकैमा त्यस उपवनका रक्षक विशालकाय यक्ष राक्षस प्रकट भए । उनीहरूले धर्मराज, नकुल, सहदेव, महर्षि लोमश तथा अन्य ब्राह्मणहरूलाई देखेर विनयपूर्वक नमस्कार गरे । धर्मराजले सान्त्वना दिएपछि कुबेरका दूतहरू शान्त भए । केही दिन त्यही गन्धमादन पर्वतको शिखरमा निवास गरेर पाण्डवहरू बदरिकाश्रमतिर प्रस्थान गरे ।
(स्रोत : महाभारतबाट सङकलन तथा अनुवाद गरिएको )