~श्रीराम पटेल~
अल्छी गरी नसुत साथी बिहानसम्म
सारा शरीर गर सफा भएर टम्म
जोडेर हात गर ईश्वरलाई प्रणाम
सङ्कट हट्छ जसबाट यहाा तमाम
आफ्नो आमाबुबाको चित्त कहिल्यै नदुखाऊ
मैला र फोहर लुगा कहिल्यै नलगाऊ
ताजा, सफा र हितकारी चिज खाऊ
आफूभन्दा ठूलाको कुरा मानौं, सानोलाई सघाऊ
रोगी गरिबहरुमाथि दया बढाऊ
ठूलो भई इलम नाउा यहाा चलाऊ
साथीहरुसाग चली झगडा नगर्नू
सित्तैमा अरुलाई खराब कुरा नभन्नू
मातापिता र गुरुको उपदेश मान्नू
देवी र देवतालाई ठान्नू
यो वर्तमान काल हो यसको महत्त्व बुझ
अघि बढेमा मान्छे ठूलो हुन्छ अहिले हाम्रो समय
विद्यार्थी जीवनको समय हो अध्ययन
राम्ररी पढेमा समयले सधैं साथ दिन्छ ।
– कक्षा: ११, नृसिंह उमावि, पिपरा, वीरगंज
(स्रोत : प्रतीक दैनिक पत्रिका)
sansaar padhe, sansaar ghume, but this is the blue print of my life……