~काप्पोबा चुम~
चिया अलिकती पिउन खोज्छु
मुखै पोलेर सताउछ
अनि
जाँड पिउन थाल्छु
पिउदा पिउदै लुम्बाले आँखा छोपी हाल्छ
जब लुम्बाले आँखा छोप्छ
तब लुम्बाको जाडमात्र देखिदो रहेछ ।
एक दिन जाँड पिउदा पिउदै
जब चियाले छिर्के लायो
सोझो जाडलाइ ,
तब लिम्बू पछारियो
र लङ्गडो भयो
लिम्बू पहिचान र अस्तित्व ,
साच्चै –
रक्सिको श्रीपेच लगाएर
तङ्बाको पखेटा फिजाउदै
सडकमा च्याब्रुङ बजाउदा
नबज्दो रहेछ हाम्रो पहिचान
नझुल्किदो रहेछ अस्तित्व
त्यो त
फगत एउटा नाटक जस्तै देखिदो रहेछ ।
यतिखेर ,
मेरो गन्तव्य कता …? भन्दै
तिनकुनेमा सिरिजङ्गा अल्मलिएर उभिए झैँ
लिम्बुवान नेताहरु अल्मलिरहेका छन
गन्तव्य कता …? भनेर ।
नेताहरु
उत्तराअधुनिकताको कुरो गर्छन
म आदिमभोकले छट्पटी रहेको छु
हो
म जाहा छोडिएको थिए त्यही छु म
साच्चै एक्लै पाइला चाल्नै सकिन ।
मन्दिरमा मार्क्स र लेलिनलाई पर्खिए जस्तो
जनता पर्खिरहेको छ
आफ्नै देशको स्वभिमान ,
आफ्नै मनको नेपालिपन
तर ,
थाहै नपाइ जनतालाइ स्याल बनाएर
नेता साढे भएछन ।
हाउ .. लुङा ..!
रक्सिको श्रीपेच फालौँ अब
तङ्बाको पखेटा काटौँ अब
र नसुनाउ भालुलाइ पुराण सुनाए जस्तो
त्यो रित्तो सडकलाइ च्याब्रुङको आवाज ।
अब जागौँ हामी
अब उठौँ हामी
र बाहुनबादको खोपडिको च्याब्रुङ बजाउ
अनि हाम्रो पहिचानको धुन सुनाऔ
हाम्रो अस्तित्वको फूल फूलाऔ ।
(स्रोत : हाम्रोदमक डट कम)