गजल : तिमी नहुँदा प्रिय !

~मुना सिग्देल~

छैन मन बुझाउने कुनै आधार, तिमी नहुँदा प्रिय !
यो एेना पनि रिसाउँछ बारबार तिमी नहुँदा प्रिय !!

कस्तो शक्ति छ अहो! तिम्रा यी तस्विरहरुमा पनि
हुन्छन् हँसाउन-रुवाउन तयार, तिमी नहुँदा प्रिय !!

जिउन यो जिन्दगी तिमीबाटै सिकेको भएर होला !
लाग्दैछ- नितान्त एक्लो संसार,तिमी नहुँदा प्रिय !!

प्यार फुलेको सिङ्गो मन नै तिमीलाई चढाएकी छु !
र त आउदैन कहिल्यै पनि बहार तिमी नहुँदा प्रिय !!

तिमी नदी थियौ र पो म आँत भिजाउँथें मायाले !
अब केले भिज्ला”मन”को किनार, तिमी नहूँदा प्रिय !!

– मुना सिग्देल, मोरंग।

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.