~मोहराज शर्मा ‘मोहबाबु’~
कमरेड,
अव मुल सडकमा ढाट तेर्साएर
यात्रामा अवरोध नगर ।
पुग्नै पर्ने गन्तब्यमा यसै विलम्व भएको वेला
गौडो कुरेर नछेक मुलुकलाइ ।
वाँझो फोरेर
आफनै गरामा
विउ छर्ने पुरुषार्थ नभएका हरु
अर्काले लगाएको वालीमा
गोरु हुल्दिनु मुर्खता हो कमरेड ।
नक्कली लाइसेन्सका
अल्लारे नाभिकले गर्दा
उल्टो दिशामा
छोडिएको मुलुक
अव आफनै दिशामा
वग्न देउ ।।
मोहराज शर्मा ‘मोहबाबु’
बागलुङ, हाल काठमाडौ।