कविता : अँध्यारो

~कोशी किनारे~

थाहाछ
आउने यो साँझमा पनि
तिमिले अँध्यारोको भरपुर
उपभोग गर्नेछौ र तिम्रो
कोठेबारिको अर्थतन्त्र लाई
बेस्सरी सम्भोग र भोग गर्नेछौ।

तिमि
बत्तिबाल्छौ अँध्यारोमै
बत्तिनिभाउँछौ अँध्यारोमै
दिन खोज्छौ अँध्यारोमै
रात खोज्छौ अँध्यारोमै
बिहानी लाई गोरेटोमै
स्वागत गर्छौ र अपमान गर्छौ।

प्रत्येक अँध्यारोमा
अमुर्त उज्यालोको
निकम्मा ब्याकरण लेख्ने
ओ…..देश लेख्ने कबिजी
तिम्री स्वास्नीसँग भोगेको
अँध्यारो तिम्रो समागम जस्तो
यो देशलाई शिथिल नबनाउ।

(स्रोत : एबिसिखबर डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.