कविता : भूमिपुत्रका लागि

~सोनाम सोल्टी~

उत्साहको ढोल ठटाउँदै
ढोलेहरु सोइसोइला खेल्दै आउ
उमङ्गको झ्याम्टा बजाउदै
सिलिमेहरु बञ्छर नाच्दै आउ ।
सोइ ढोले सोइ,
अर्को ढोले खोइ र ?
एनी लै लै
हौ बरि लै लै ।
००००
इन्द्रेणी सपना युवा मनमा सजाएर
सगरमाथा आकांक्षा हृदयमा उमारेर
टिपेर शिलीहरु श्रृष्टिको
आराधना गरिरहेछौ चोखो मनले
माटोको, भूमिको
तर, तिमीले कहिल्यै सोच्यौ
तिम्रा इन्द्रेणी सपनाहरु स्यामुनामा गाइयो कि गाइएन रु
तिम्रा सगरमाथा आकांक्षाहरु एनि लैलै मा आयो कि आएन ?
अनि तिमीले पुजा गर्ने त्यो माटो तिम्रै छ कि छैन ?
तिमीले हिड्ने त्यो बाटो तिम्रो छ कि छैन ?
ए होइ स्यामुना ।
००००
इतिहासले भन्छ तिमी भूमिपुत्र हौ
सबैलाई थाहा छ तिमी भूमिपुत्र हौ
तिमी माटोको सन्तान,
माटो तिम्रो हो,
तिमी आकाशको सन्तान
आकाश तिम्रो हो,
तर तिमीले यी सबै थाहा पाउन अझै बाँकी छ
तिमीले यी सबैमाथि अधिन गर्न धेरै बाँकी छ ।
तिमीले त हिड्दा हिड्दै गन्तब्य हराएका छौ,
माटो हराएका छौ
आफ्नै माटोमा शरणार्थी बनेका छौ ।
माटो हराए पनि भूमि पूजा गर्छौ,
बाटो हराए पनि बाली पूजा गर्छौ ।
ऐया बरि लै लै
कुर्र हा हा,
००००
वर्षहरु उछिट्टिएर गए
र शताब्दि शताब्दि बित्यो,
सालसालै उभौली उधौलीमा
तिमिले आप्mनो हराएको ढोले साथी खोज्यौ
सोइ ढोले सोइ
अर्को ढोले खोइ रु
तर तिमीले हक खोजेनौ
तिमीले आपूm विस्थापित हुनुको क्षतिपूर्ति खोजेनौ
र आपूm भूमिपुत्र हुनुको अर्थ खोजेनौ
ए भूमिपुत्र ढोले,
अब सोइ ढोले सोइ
अर्को ढोले खोइ रु भनेर
ढोले मात्र नखोज
आफ्नो हराएको शासन र गुमेको सिंहासन खोज
अर्थात भूमिपुत्रको अर्थ खोज
माटोको सन्तान हुनुको मर्म खोज
र यसपालीको उभौली उधौलीमा भन
सोइ ढोले सोइ
हाम्रो धरती खोइ ?
००००
उत्साहको ढोल ठटाउँदै
ढोलेहरु सोइसोइला खेल्दै आउ
उमङ्गको झ्याम्टा बजाउदै
सिलिमेहरु बञ्छर नाच्दै आउ ।
सोइ ढोले सोइ
हाम्रो धरती खोइ ?
एनी लै लै
हौ बरि लै लै ।
हाम्रो धरती खोइ ?
००००

-सोनाम सोल्टी
२०६५ जेठ ९ गते

(स्रोत : एबिसिखबर डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.