~अनुष्कर पुष्कर गुरुङ~
भावनामा डुबेर शब्दको हार बनाउने
भावनात्मक मानवलाई कि
कवित्व भएको मानवलाई !
कवि कसलाई भन्ने
सिाजको बिसंगतीलाई कलमका काला
मसिहरुलाई सेता पन्नामा नचाउने कलाकारलाई
कि समाज सेवकलाई
कवि कसलाई भन्ने !
कल्पनाको संसारमा डुब्ने नै कवि हो र
कि कल्पनाको संसारबाट मुक्त भएर
यथार्थ संसारमा डुव्ने मानव कवि हो
प्रश्नै -प्रश्न छ कवि कसलाई भन्ने !
गोष्टिको मंञ्चमा उभिएर कविता बाचन गर्ने मानव
कवि हो कि
समाजको डाड़ामा उभिएर चिलाई चिलाई
बौद्धिक्ताको भाषण छाड़ने मानव कवि हो
कवि कसलाई भन्ने !
शब्द-शब्दको माला उनेर समाजलाई अर्पण गर्नै
मानव कवि हो कि
शब्दलाई प्रकाशित गरी वा पुस्तक प्रकाशित गरी
अर्थ कमाउने कवि हो
कवि को हो र कवि कसलाई भन्ने
समाजको गहिरो समुद्रको मोति टिप्नु डुवुल्के हान्ने
कवि हो कि
मोति टिप्ने भावना राख्ने कवि हो !
कवि कसलाई भन्ने
कविता वाचन गर्ने कवि हो कि
कवितालाई सुन्ने पाठक कवि हो !
शब्द-शब्दको युद्धमा पिल्छिएको मानिस
कवि हो कि
आफू पिल्छिएर शब्द-शब्दलाई योगात्मक बनाउने
कवि हो
कवि कसलाई भन्ने !
समाजले कवि जनामाउछन्
कविले कविता र कविताले पाठक
कवि कसलाई भन्ने
समाजलाई कि साहित्यप्रेमिलाई
प्रश्नै-प्रश्नको हुरीवतासमा भेलहरुमा
पछ्याउदै पछ्यादै शब्दहरु गौण भएर जान्छ !
कवि कसलाई भन्ने
समाजको भुवरीमा अल्झेर निस्केको मानवलाई कि
समाजलाई आडम्बर र विडम्बनाको भुवरीबाट
निकाल्ने मानवलाई
कवि कसलाई भन्ने !
यथार्थ, कलपना,भौतिक,दार्शनिक,बौद्धिक्ता,शास्त्रीय,काव्य,सबैको ज्ञान
भएको मानवलाई कवि भन्ने कि
कवि त्यसलाई भन्ने जसको कविता कविताभित्र सीमित छ !
कवि कस्लाइ भन्ने
(स्रोत : रचनाकारको ब्लगबाट सभार)