~बिष्णु भण्डारी~
यात्रााको मोडनिरै
बाटो सकिएको छ
र मलाई कोर्नु छ नयाँ बाटो ।
हिंड्नु छैन मलाई
पुरातन रेशमी डहरहरु
पछयाएर तेन्जिङका पदचापहरु
भेट्नु छैन मलाई
निर्जिव सम्बेदनाका शिखरहरु ।
यि त पुराना बिम्ब हुन
आदर्शका
मलाई यात्रााको सजिव बिम्ब खिच्नु छ्
अर्चाएर अन्जुलिमा जीवन धरा
सपनामा जीवनको जुन रोप्ने
म कर्मावीर
मलाई उत्सर्गको नयाँ बीउ रोप्नु छ् ।
मैले रोजे भने
सुनका दरबार लुट्ने
कोलम्बस हिंडेको पथ
भेटिने छ्
आदिम सभ्यताको जल्दै गरेको तस्बीर
म हिंडेँ भने
विश्व सम्राअट बन्ने
सिकन्दरको बाटो
भेटिने छ
रगत लर्तपतिएर खन्डहर बनेको शहर
मलाई हिँड्नु छैन अरुले हिँडेको बाटो ।
मलाई जित्नु छैन
सभ्यताका फसलहरु
मलाई लुट्नु छैन
पसिनाका पसलहरु
मलाई त सपनाको नयाँ संसार रच्नु छ्
र कोर्नु छ्
आस्थाको शिखरमा पुग्ने बाटो ।
यात्रााको मोड्निरै
बाटो सकिएको छ्
र मलाई कोर्नु छ जीवनको नय्या बाटो ।
२
अनुत्तरित प्रश्न
किन ढल्दै छ् प्राचिर आस्थाको
किन लाग्दइ छ् आगो
समर्पणमा
थाहा छैन किन धुमिल बन्दै छ्
उत्सर्गको अन्तिम मञ्जिल ?
किओन बन्द हुँदै छन
स्वप्न महलका ढोकाहरु
किन निर्धक्क मुस्कुराउँदै छ
निरङ्कुश ताज
किन चिसो बन्दै छ हिँउको राप
किन निभ्न खोज्दै छ मनहरुमा बल्ने आगो ?
रगत कट्कटिएका हातहरुमा
किन ट्क्राइरहेछ उसले
आस्थाको पुष्पगुच्छा
बोकेर जल्लादहरुलाई कन्दनिले
दुस्खअेर बेपत्ता जुना हरुको ध्जड्कन
किन पुरस्क्रित गरिरहेछ उसले ब्वाँसोलाई ?
राखेर उच्चासनमा हत्यारालाई
किन मुस्कुरारहेछ उ
ठोकेर मुर्दाहरुलाई सलाम
किन मखलेल बनेको छ उ ?
के उसले बिर्सिसक्यो
यात्रााको अन्तिम लक्ष्य
कि भाट्किएर निस्सिमा अरण्यमा
यू दिशाबिहिन बन्यो !
के यो छातीमा सजाएको विश्वाश
उही हो
पूजा गरेर मनभित्र
बच्चाएर राखेको दीपिका के उही हो ?
ओहो ! किन देखिदै छ् उसको अनुहारमा
दुसमनको प्रतिच्छाया
के यो समयको मजाक
दृष्टिभ्रम हो ?
(स्रोत : कविको कविता सङ्ग्रह “घाइते हिव्लचियर” बाट)