कविता : एकताको नयाँ घर

~उत्सव चौलागाई~

भत्किँदै छ त्यो पुरानो घर लागे धमिरा र खोइरो भुइँचालोका
पराकम्पनहरूमा पनि बेतोड भाग्नुपर्ने,
निदाल, खम्बा र दलिनहरु धर्मराउन थाले
चिरपटहरु कुहिए
भ्वाङ पर्यो बार्दली बुइँगल, कोठाहरु भए प्वालै प्वाल ।
पुरानो घरको भविष्य
नभएपछि,
घोषणा भयो नयाँ घर
बनाउन सुरु गरियो नयाँ घर ।
भर्खर त गाडियो सतिसालको चुरो फेरियो जग, दलिन, निदाल र धुरी
खाँबो घोषण गर्नु पर्यो नयाँ घर
र बनाउन सुरु गरियो नयाँ घर ।
तिमी बित्थामा आत्तिन थाल्यौ छैन गरेको घेरबेरा चोटाकोठाहरु,
बुइँगल बनाएको पनि छैन लिपपोत र सिंगार पटार त परकै कुरा भान्सा,
कुँडार, धन्सार
र पुस्तकालय पनि
बनाइएको छैन ।
पर्ख ! केही अवधि
बन्नेछन् केही समयभित्रै किन कि यो सङ्कल्प मात्र होइन उद्घोष
भइसकेको छ ।
डर त छँदै छ
चोरडाँकाहरु पसेर
लुट्न पनि सक्छन् छिन्नभिन्न पार्न कोसिस पनि गर्छन् दक्षिण ढोका,
पश्चिम आसपासतिर बाटै फैलिन सक्छ दुर्गन्ध ।
तर
दृढ विश्वासका साथ छिट्टै बन्नेछ हिमाल, पहाड, तराई सबैको
ढुक्कको आफ्नै मोडलको नयाँ घर ।

(स्रोत : तु खबर डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.