~कुमार काफ्ले~
-रामहरि नाम चलेका जल्दाबल्दा नेता थिए।
-उनलाई अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले अदालतमा मुद्दा चलायो।
-उनले त्यसको जोडदार प्रतिकार गरेर सफाइ लिन खोजे।
-अदालतले बिगो असुल गरि दश लाख जरिवाना गर्ने फैसला सुनायो।
-उनले आफू निर्दोष रहेको,अदालतले आफूमाथि अन्याय गरेकोे र आफूसँग त्यत्रो पैसा नभएको जिकिर गरे।
-पत्रकारको प्रश्नको ओइरो र जनताको खोइरो पछि उनले खर्चको बेलीविस्तार लगाए।
*एक लाख गुण्डा नाइकेलाई,
*नब्बे हजार आसेपासेलाई,
*पचास हजार चन्दा सहयोग,
*…..कागजात मिलाउन,
-उनको कुरा सुनेर सबैजना तीन छक्क परे।
-अदालतले बिगो र जरिवाना नतिरे पक्राउ गर्ने आदेश जारी गरेको थियोे।
-उनले लण्डनमा भएको छोराको नाममा स्वीस बैंकमा जम्मा गरेको पैसा झिकेर अदालतले भने बमोजिमको पैसा तिरे।
-केही हजार आसेपासे र भरौटेलाई बाडेँ।
-उनी गाउँ फिर्दा फूलमाला र पुष्पगुच्छा हातमा लिएर जनता स्वागतार्थ उभिएका थिए।
-उसका जनता तिनै आसेपासे र भरौटेहरू थिए, जसले जुठोपुरो चाट्न भेट्टाएका थिए।
-उसको हालीमुहाली र चुरीफुरी घटेको थिएन बरु पहिलेभन्दा अझ बढेको थियो।
– ओखलढुंगा।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)