~पदम गौतम~
नत कहिल्यै तिमी झुक्यौ
नत म कहिल्यै माथि उठे
सपना सपनामानै सिमित रह्यो
यथार्थ कसैले बुझेनौ।
धेरै-धेरै जिन्दगीका पालुवाहरू
वसन्तलाई भेट्न नपाई अोइली झर्यो
कल्पना भावनामै सिमित रह्यो
गीत कसैले गाई दिएनँ।
नत कहिल्यै……..
नौलो-नौलो शान्तिका कोपिलाहरू
क्रान्तिका झरी नपाई फक्री सक्यो
दिनहरू अाउदै नअाई रातहरू परी सक्यो।
नत कहिल्यै मलाई उठायौ
नत मैले तिमीलाई लडाए
वैंशका नायकले अाकास छुँदा
हामी कहिल्यै ब्यूँझिएनौ।
नत कहिल्यै………
थुप्रै-थुप्रै शिद्धान्तका पुलहरू थापिए
हामी कहिल्यै पार हुन सकेनौं
नीतिका अट्टालिकाहरू निर्माण गर्यौ
तर हामी माझ कहिल्यै झुकेनँ।
नत कहिल्यै………!!!