~राज आशातीत~
मलाइ याद छ!
मेरि आमाको मुहारजस्तै कागजमा
जिम्वालको पतित आंखै मुन्तिर जन्मिएका
घिनलाग्दा जोर कोठी झैं
मेरो बाउको
गिंडिएको बुढी औंलाको ल्याप्चे!
तिमी,
सम्पत्तिको आडमा शक्ति
शक्तिको आडमा सत्ता
अनि
त्यही सत्ताको बुइ चढेर
हाम्रा टाउकामा गिर खेलिरहेछौ ..
सम्पत्ति आर्जन गर्ने निहुँमा !
आमाको दशकौं अघि
च्यातिएको
चोलीका टुक्राहरु
तिम्रा खल्तीबाट निर्निमेष चिहाइरहेछ्न् ।
तिम्रो झण्डाले मेरो शीर ढाक्दैन
तिम्रा आस्थाका तीन “श” हरु भन्दा पृथक
म मेरो आफ्नै “सपना” देख्छु
जहाँ तिम्रा शक्ति, सत्ता र सम्पत्ति
मेरो गुहु पुछ्न पनि काम आउन्नन्।
राज आशातीत
इटहरी, सुनसरी।
२१ मंशीर ७३।