~रुमानी राई~
जब,
मेरो निस्वार्थ प्रेममाथि
गिद्दे नजर गाड्यौ
र,मेरो स्वाभिमानमाथी नै
धावा बोल्यौ तिमीले
तब न म
वुलन्द प्रतिकारमा उत्रीएँ ।
अझ,
मेरो प्रतिकारलाई निस्तेज पार्न
फूल झैं कोमल
र,हिउँ झैं कन्चन प्रेमलाई
बिना कसुर
बिना प्रमाण
कालो घोषणा गर्यौ तिमीले
तर- यो नठान कि,
मेरो अस्तित्वमाथी विजय पायौ तिमीले ।
तिम्रो त्यो क्रुर
अनि,खुनी पञ्जाको आक्रमणमा
क्षतविक्षत् मेरो घाइते प्रेम
बचेको अस्तित्व
र, मेरो वर्तमान
सद्दाम,लादेन वा गद्दाफी प्रेममा
कदापी पग्लने छैन नौनी झैं
र, मेटिने छैन यो दाग सजिलै
बरु,तिम्रो कुत्सित स्वार्थ भन्दा माथि
तिम्रो कुन्ठित बिचार भन्दा फराकिलो
निलो आकासमा
स्वतन्त्रताको रुमानी अनुभुतिमा रम्दै
एउटा स्वतन्त्र युग बाँचिरहने छ
र, तिम्रो उपस्थितिमा
हरेक युग
हरेक पटक
सैद्दान्तिक हिसाव-किताव
र,वैचारिक विद्रोह जरिरहने छ
तिमी र तिम्रो अदालत बिरुद्द
तिमी र तिम्रो कालो घोषणा बिरुद्द ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)