कविता : म त मर्द होइन कि के हो ?

~प्रमोद अधिकारी~

पत्नि प्रति गरेको माया
समाजको आँखामा
जोइटिङ्ग्रे भयो रे ।
अनि उनिले गरेको
म प्रतिको
प्यार र समर्पण
दासता भयो रे ।

रिसाएकी पत्निलाई
फकाउन जाँदा
भेटाएको झम्टीको
प्रत्युत्तर नदिंदा
नामर्दको संज्ञा पाएँ ।
ओहो, मर्द बन्न त
रक्सी खाएर भकुर्नु पर्ने रहेछ ।
घोक्रो सुक्ने गरी कराउनु पर्ने रहेछ ।
म त मर्द होइन कि के हो ?
पत्नि प्रतिको अगाध प्रेमले
न त भकुर्न न नै सक्छु ।
न त चिच्याउनै ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.