~रवि प्राञ्जल~
हिंड्दाहिंड्दै जिन्दगी नै थाके जस्तो लाग्यो ।
बाटोभरि तुवाँलोले ढाके जस्तो लाग्यो ।
जिन्दगीको यात्रा मेरो अझै बाँकी थियो,
बीचै बाट कोही आई डाके जस्तो लाग्यो ।
सम्झनाको बतासले आँसु झारी दिंदा,
कोही आई मनमा सियो राखे जस्तो लाग्यो ।
मनको बह पोख्ने कुनै ठाउँ नपाएर,
हृदयको घाउ अब पाके जस्तो लाग्यो ।
कसले छेकी दियो आज मेरो घामलाई ?
अँध्यारोमै ‘रवि’लाई जाके जस्तो लाग्यो ।
2047 सालमा पहिलो पटक ललिजन रावलको सम्पादनमा प्रकाशित ‘समकालीन नेपाली गजल’भित्र संकलित गजल
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)