~कुमार आङदेम्बे अबि~
कलम धरापमा,राखेर गजल लेख्दै छु ।
जीवन करारमा,राखेर गजल लेख्दै छु ।
सफर जिन्दगीको,थकान अर्कै कहानी,
समय सराबमा,राखेर गजल लेख्दै छु ।
सफल,सफलता कहिले जुर्ने हो मलाई,
संघर्ष खुराकमा,राखेर गजल लेख्दै छु ।
कोहि बिछोडमा लेख्छन् कोहि मिलनमा
म साहस रातमा,राखेर गजल लेख्दै छु ।
पोख्छु पिडाले पक्कै होइन,म आफुलाई
श्रद्धाञ्जली रासमा,राखेर गजल लेख्दै छु ।