कथा : अधुरो प्रेम र उनको नशा

~नवीन उदासी~Nabaraj Budha 'Nabin udasi'

बिगतका त्यी रमणीय पलहरुलाई सम्झिएर आज प्रवासको यो बिरानो ठाउँमा चौध घण्टा ड्युटी सिध्याएर होस्टेलमा फर्कन्छु । ..उनको एकोहोरो सम्झनाले गर्दा यो मेरो मुटु सारा छिया-छिया भएको छ, पल प्रति पल यो मेरो मुटु उनकै सम्झनाले पानिबिना माछा जस्तो मरुभूमिमा तड्पिरहेको छ । आज उनको मिठो सम्झना र यादले सताए पनि सपनीमा उनि संगै जति रमाए पनि आखिर आज उनको मायाँले गला सारा रेटिएको छ ।

बिरानो सहरको ठाउँमा उनकै मायाँको नशाले यो छाती यति बिघ्न पोलिरेहको छ । तर पनि खोलावारि, खोलापारी नौं डाँडाको यो क्षितिजमा पनि मैले उनलाई खोजेर कतै पनि भेटिन । सायद उनि त शितल पवन र उच्च पहाड संगै हिमाल हाँसे झैं गरेर कसै संग हाँसिरहेकी पो छिन कि ? जस्तो यो मनमा शंका उपशंकाको भाव मात्र पैदा हुन् थाल्छ । फेरी कतै सोच्छु- स्वतन्त्र भै मनको संसारमा एक्लै टोलाउदै पो छन् होला… ?

 र आज उनि पालुवाको रुप लिएर प्रेमका अंग अंग नशाहरुमा पलाएर हराभरा बसन्त जस्तै भएकी छन् होला ? तर आज उदासी जीवनमा अनायासै बसन्त उड्यो, अनायासै खुसीहरू टुटेर सबै खडेरी भै गए । त्यसैले होला यो मन पनि एक्लो उदासी भै हिंडेको अझै पनि आफ्नो माटोमा फर्केको छैन ।

यसरी लामो ड्युटीको थकाइले सारा शरीर सबै गलेको हुन्छ । थकाईको लामो सुस्केरा पछी उनको मायाँमा बिरत्तिएका प्रेमका छालहरु संग डुबुल्की खेल्दै मनको कुरा संगै उनलाई सपनीमा देख्दा बाध्यता र विवशताको परिधिमा रहेर यो मनले भन्छ केवल केहि बर्ष पर्ख:

खालि यो दिलको कुनामा उनलाई सजाएर राख्ने धोको आज सबै पुरा हुने भयो यो मनले भन्छ| तर मान्छेले सोंचे र आफुले चाहे जस्तो जीवन कहिल्यै पनि जिउन नसकीदो रहेछ| समय र परिस्थितिको दासी बनेर मिलनको पलमा आज बिछोड हुनु परेको छ| यो मनको सुनौलो संसारमा उनि संगै हराएर मायाँको कुरा पोख्ने अनि उनि संगै यो जीवनमा संघर्ष गर्दै संग-संगै जीवन बिताउने संकल्प खै ! कसले टाढा बनाई दियो ?

 थाहै छैन । सायद समय र परिस्थितिलाई चिन्न नसकेर पनि होला, समयले नै घात गरिरहेको छ। यदि मलाई समयले साथ् दिएको भए त म उनलाई आज यो दिलमा सजाएर राख्ने थिएँ होला.. के गर्नु र खै ! तर भाग्यले नै ठगे पनि उनलाई पाउने आशै आशामा अझै सम्म पनि पर्खाइका बाटाहरु हेरेर बसिरहेको छु । कहिले त धिक्कार्छु यो आफ्नो भाग्यलाई अनि यो जीवन र यो आफ्नो कर्मलाई….

यो जोवनको यात्रालाई यथार्थमा मोडेर आफ्नो लक्ष सम्म पुग्न चाहेको थिएँ| तर किन पाइला कतै टाढा नपुग्दै रोकिएका छन् ।  त्यसैले म आज गन्तव्यमा पुग्न सकिरहेको छैन । तर पनि कोसिस गरिरहेको छु । किनकी मैले कोसिसले नै सफलतामा पुर्याउँछ भन्ने पनि बुझेको छु।

यो मान्छेको मन भित्र पनि यस्तै-यस्तै हरेक इच्छा र आकांक्षा धेरै मध्य कसैको पुरा हुँदो रहेछ भने कसैको अधुरो… अनि फेरी एकोहोरो यो मनमा मनले भन्न थाल्छ । केहि बर्ष पर्खिदेउ है म छिटै आउछु । तर मान्छेको मन सबैको एउटै कहाँ हुन्छ र ? यदि उनलाई मेरो मायाँमा पूर्ण बिश्वाश छ भने म आफु जलेर भए पनि आस्थाको दीप बालेर आज यो शहरमा म बसिरहेको छु| आशा छ अबश्य पनि प्रतिक्षाको घडी हेर्दै बस्ने छिन उनि… ।

आज उनीबाट बिछोदिदा सम्झनालाई चिनो लिएको रूमाल पनि च्यातिन खोज्दै छ, सबै धुजा-धुजा हुन् खोज्दै छ । सायद हाम्रो मायाँमा पनि यस्तै फाटो त आउंदैन (भनेर सोच्छु) यस्तै कल्पना गर्छु । तर अहं.. हाम्रो मायाँमा बिश्वास छ ।  किनकी यो संसार पनि यहि विश्वासमा नै अडेको छ । त्यसैले ‘बिश्वाश भन्दा ठुलो कुरा अरु केहि होइन’ मैले यो उनलाई भनिरहने कुरा होइन ।

 यसरी आज उनि संग त्यी गाउँपाखाका र देउराली भिरपाखाबाट बिछोदिएको पनि आज ४/५ बर्ष नै हुन् लागेछ । त्यसैले म अब छिटै फर्किनु पर्छ, एक धरको सिन्दुरले सिउँदो सजाउन… किनकी म यो साल पनि त्यी ठाउँहरुमा पुग्न सकिन भने उनि कसैको हुने छन ।

हो.. आखिर ! के दिउ म उनलाई ? सम्झनालाई रूमाल चिनो दिउ भने पनि च्यातिन सक्छ ।  त्यसैले दिन्छु अमर यो मायाँ… तर म आज किन उनको यादमा यसरी छटपटिन्छु थाहै छैन ।

 आज पनि कतै टोलाई रहेको छु| यो जिन्दगि पनि खडेरी भएर मरुभूमिको बगर झैं हुँदा मनमा भएका जति इच्छा र आकाक्षा पनि आज कोपिलामै ओइलिएर मायाँको फूल पनि सबै झर्न खोज्दै छ । खै ! यो समय पनि कति लामो हुँदो रहेछ| कहिले काहीं त यस्तो लाग्छ-एकदिन पनि महिनौ जस्तो… र हुन्छ मन उडी जाउँ कि गुदी जाउँ ?

 तर म गएर पनि उनको सिउँदो चुरा पोते आदी-आदि सबैले सजाए पनि त्यो त बाहिरि एउटा खोक्रो मात्र हो| त्यो त क्षेनभरमै पखालिन पनि सक्छ.. त्यसैले दिन्छु यो चोखो मायाँ मैले यो धर्तीमा पाइला टेक्दा सम्म, जो म मरेर गए पनि सम्झनामा बाँचीरहनेछ ।

 कहिले काहीं यो बिरानो परदेशमा अज्ञात हुने मृत्युको खबरले पनि साह्रै तर्साउँछ| तर म भने सधै कामना गर्छु.. सधै प्रार्थना गर्छु मलाई केहि पनि नहोस्… त्यसैले अब भाग्य दशा बलियो बनाएर अब त्यी गाउँपाखा मेलापात गर्ने त्यी ठाउंहरुमा छिट्टै जाने छु ।  …हो मेरो मातृभुमिलाई सम्झिएर । तर अब केहि समय बाँकि भए पनि एकान्तमा यसरि किन आउन थाल्छ उनका यादहरु…..

आज उनि मेरो आँखावरिपरी घुमिरहिकी छिन| जति उनलाई भुल्न खोज्छु ।  तर, अंह … उनका त्यी पबित्र कन्चन मायाँले हर रात, हरदिन जति भुलु भन्दा पनि आँखावरिपरी नै पाउँछु म उनलाई …. जति उनको मायाले छाती यो चिरिए पनि खै ! अब यो दुखेको मन कसरी निको होला र ?

 उनका त्यी सुमधुर यादका कोसेलीहरु यी आँखावारि पाउँदा मुटुभरी अशह्य छट्पतिले नै पलपल धेरै नै सताई रहन्छ ।  यसरी दिनभरिको ड्युटीले गर्दा पनि होला सबै साथीहरु मस्त निन्दामा हुन्छन् । तर म भने आफै दुखिरहेको हुन्छु| उनको यादमा तड्पीदै बल्ल-बल्ल रात बित्न थाल्छ|

संचार माध्यमहरुले पनि अझ हाम्रो दुरी नजिक बनाई दिएको छ| घन्टौ सम्म च्याटमा कुरा गर्दा लग आउट गर्न सम्म मन लाग्दैन । तर जसोतसो गर्ने पर्छ… अनि यो मनभरी कहाँ भेटौं.. कहाँ देखौं जस्तो भैरहन्छ| त्यसैले म पनि इन्टरनेटमा यसरि नै फेरी भेट्ने बाचा गर्छु ।

 सायद उनले पनि यस्तै त भन्दै भन्छिन होला| यस्तै भन्दै कति खेर निन्द्रा देवीको कोखमा पल्टिन पुगे छु थाहै पाइन ।  सपनीमा उनलाई कसैको अंगालोमा देखें… ‘उनि त आज भोलि कसैको साथमा हिड्छन भन्ने पनि कसै बाट थाहा पाएँ’ म एक्कासी झल्याँस्स ब्युझन्छु ।

 ब्युझिंदा त पसिनाले निर्थुक्क भिजेको आफुलाई पाएँ र उठेर पानि खाएँ फेरी पल्टिएँ बेडमा.. यता फर्कन्छु उता फर्कन्छु| तर सपना पछी एक पटक पनि आँख बन्द गर्न सकिन ।  यादमा, सम्झनामा पलपल यो आँखाभरी उनलाई नै देखिरहें । त्यसैले केहि गरि मन बुझाउन सकिन ।  …उनलाई फोन गरें । फोन उठेन । पछी झन् फोनको स्विच अफ सम्म भयो । पछी थाहा भयोकि- उनि त आज कसैको भैसकेकी छन् रे…..

लेखक : नवीन उदासी, २०७३/०५/०३ 

(स्रोत : Kantipath.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.