बहरबद्ध गजल : मरेर गै सकेपछि

~जीवराज बुढाथोकी~

गरौं र के म सम्झना, मरेर गै सकेपछि ।
टिपौं र फूल आज ती? झरेर गै सकेपछि ।

कथा सरी छ सम्झना, किनारमै सुसाउने,
सुनाउँ के तिमी नदी, तरेर गै सकेपछि ।

गर्यौ कुरा हरेक दिन, रहेछ सम्झनै ठुलो,
अनर्थ भो नि नाटकै, गरेर गै सकेपछि ।

बुझाउनू बुझेर जो, दिमागमा सजाउँछ,
सम्झना के र इज्जतै, छरेर गै सकेपछि ।

न सम्झनै न विर्सनै, छ “राज” नै कहाँ अब,
बुझेर आँसु नैनमा भरेर गै सकेपछि ।

बहर : हजज मुसम्मन मक्बूज
अर्कान : १२१२ १२१२//१२१२ १२१२

जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं
२०७२।०३।२४

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.