~रिता खड्का ‘त्रिलता’~
प्यारो मान्छे नजिक आयौ अधर मुस्कुरायो
नयनमा नयन जुध्दा आहै! नजर मुस्कुरायो
एक्लै हुँदा सन्नाटा छाएथ्यो हिजो सम्म यहाँ
तिम्रो आगमनमा आज मेरो शहर मुस्कुरायो
तिम्रो हातमा हात थमाई वारी बाट पारी तर्दा
आँखा झिम्क्याउँदै खोलीको बगर मुस्कुरायो
तिम्रो न्यानो अँगालोमा सुख दुःख बाड्न पाउँदा
अतित बिर्सी जिन्दगिको बाँकी सफर मुस्कुरायो
सँगिनीको माझमा हुन्थ्यो प्याला आँसु सरोबरी
त्यही अखडामा आज भने नयाँ खबर मुस्कुरायो
भलायखर्क, लमजुङ्
हाल दक्षिण कोरिया