~आनन्द अधिकारी~
हिरा काट्ने हिरैमा राखेर
दुख काट्ने दुखैमा हाँसेर
भन्न सजिलो धेरै सजिलो
कसले पो बुझ्छ र मनको पहिरो
दैव छोडेर दैव छोडेर
दुई छेऊ सिक्काको झै सुख दुख सरोबरी
हुन्न रैछ कहिले पनि सबैलाई बरोबरी
आफ्नो दुख पहाड भन्छन अरुको तराई
गार्है पर्दो रैछ बाँच्न भित्री मन जलाई
कहिले प्रीतको फूल पनि बिष लाग्ने बन्छ पासो
एउटाको आँसु झर्दा अर्कोको छुट्छ हाँसो
सकिंदैन बनाउन मन जाँच्ने कसी
बेग्लाबेग्लै हुन्छ क्यारे भाग्य लेख्ने मसी
शब्द : आनन्द अधिकारी
स्वर : रामकृष्ण ढकाल
संगीत : आलोकश्री
एल्बम : आरोह