कविता : झिल्को

~प्रणिका कोयु~pranika-koyu

यो सडकको यो झिल्को आगोको
बन्ला के ज्वाला राँकोको?

सडकदेखी बस्ती-बस्तीमा सर्वत्र
फैलिन्छ के यो बनेर लप्का आगोको?
या कतै मोहिनी मन्त्र छम्काउँदा ति हातले
निभेर खरानी बन्ने हुन् – विभुत हुन निधारको?
या उड्नेछन् कण-कणमा हावाको, छर्न, ती आँखामा छल?

झिल्को, राँको, लप्का या खरानी
के बन्ने हो हामी?

म उभेको सडक भन्छ
“हुनु छ मलाई आगोको भुँग्रो
निभ्नुहुन्न तिमी र म नआएसम्म त्यो दिन”

म उभेको सडक भन्छ
“नहुन्जेलसम्म तिम्रो अर्थ तिमी जस्तो
म रहिरहने छु एक आगोको भुँग्रो
रातो, तातो, र हरदम तयार”

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.