~केदार श्रेष्ठ “गगन”~
सकिन विर्सनलाई मैरौ मनको माया
कति बाँचु सधैँभरि हेरी तिम्रो छायाँ ।
बाध्यताले हो कि आफैँ टाढा भयौ –
सँगै मरौ,बाँचौ भन्यौ एक्लै छाडी गयौ
पापी रैछौ तिमी मलाई मायामा फसायौ
कुराले मख्खै पारी आखिरमा पागल बनायौ ।
कस्तो ब्यथा बढाई गयौ निको नहुने रोग
हरी लग्यौ मेरो मन,मुटु,नीद,प्यास,भोक
एक्लै भा’को आभाष हुन्छ मन मेरो रुन्छ
पलपल याद आई एकौहोरो मन हुन्छ ।
-केदार श्रेष्ठ”गगन”
भिमस्थान-५,सिन्धुली
(स्रोत : ईलम्जुङ् डट काम)