~बिस्नु प्रवा सापकोटा~
काहाँ जान हिडेको थें काहाँ पुगें आज
पुग्नु पर्ने टाढा थियो परि सक्यो साँझ
जुन छुने चाह बोकी,यात्रा थालें उकालीमा
झनै पर भाग्यो जुन,आईपुग्दा देउरालीमा
हिड्दा बाटो बिराएको,छैन जस्तो पनि लाग्छ
यहाँ आई पुग्नु पर्ने,हैन जस्तो पनि लाग्छ
काँहा जान हिडेको म ……………..
अधेरिमा हिडुँ भने, साथ छैन आफ्नै छाँया
यतै कतै बसौ भने, दुस्मन छन् दाँया बायाँ
जे जे पाए त्यत्ती खोज्न,आको हैन जस्तो लाग्छ
जे जे खोजें त्यो भेट्न,पाको छैन जस्तो लाग्छ
काँहा जान हिडेको थिएं ……………..
बिस्नु प्रवा सापकोटा
दमेक -१, बाग्लुङ
२०६७-०३-१६
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)