~दीपक कुमार ज्ञवाली~
छम् छम् गर्दै आईन्
सानी मेरी नानी
तोते बोली बोल्दै सोध्छीन्
आमा लोरी गाऊ‘ने
मेरी सानी नानी
लोरी सुन्दा रमाऊने
हे हे मेरी नानी
तिमी कति ज्ञानी
बिहानै उठी हातमुख धुने
तिम्रो राम्रो बानी
स्कूल जानलाई सधै रमाऊने
क ख ग घ भन्दै घोर लगाऊँने
सावा अक्षर पढ्दा पढ्दै शब्द बनाऊँने
शब्दको अर्थ संगै आफै रमाऊँने
कल्की देख्दा मयुरको हुन्छीन् साह्रै खुसी
खरायो संग दौड्नलाई सधै अघि सर्ने
गाई कि त्रिसुल भन्दै मलाई सोधिरहने
घरको ऑगनीमा जामा फहराई नाच्ने
साह्ै रमाईली मेरी सानी नानी
छम् छम् गर्दै आईन्
सानी मेरी नानी
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )