कविता : विचारका प्लेटहरु

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

मान्छेहरुको भिड थियो
भिडमा मान्छेहरु हराएका थिए
त्यहि भिडवाट
अस्पष्ट आवाजहरु आइरहेका थिए
कोहि भन्दै थिए अधिनायकवाद माथि बिजय हासिल गर्नु छ
कोहि भन्दै थिए स्वतन्त्रताको शुरुवात गर्नु छ
कोहि भन्दै थिए एकल विरासतलाई परास्त गर्नु छ
कोहि भन्दै थिए नाजीवादको अन्त्य गर्नु छ
कोहि भन्दै थिए समस्यासंग भाग्ने होइन, जुध्नु पर्छ
कोहि भन्दै थिए अन्धकार तिर होइन उज्यालो तिर उन्मुख हुनुपर्छ
बिभिन्न बिचारहरु आए÷ सुनिए
विचारका प्लेटहरु रगडीए
बेस्मारी रगडीए
अन्ततः
एउटा ठुलो भुकम्प आयो
यो रिफरिण्डम एउटा महाभुकम्प भएर आयो
यसको हल्लाउने क्षमता
कुनै ठुलै भुकम्पको भन्दा कम थिएन ।
सवैलाई सोहोपटार पारेर
एउटा कुनामा थुपा¥यो
ठुलाठुला सपनाहरु वाँढ्यो
ठुलाठुला सपनाहरु
मष्तिस्कहरुमा अट्टाइ नअट्टाई कोच्याइए
अनि अहिले क्रमभंगको उदघोष भएको छ
नयाँ बाटोहरुमा सपनाहरु दौडने निश्चित भएको छ
अन्यत्रवाट अरुको विचार त्यहि बाटोमा
जबरजस्ती नबग्ला भन्न सकिन्न
यदि बग्यो भने
पहिरो जानेछ
पहिरोले श्रमजिवीहरु मात्र पुरिनेछन्
अरुको श्रम अनि खुन चुसेर बाँच्न पल्केकाहरु मात्र सुरक्षित हुनेछन ।
पसिना बगाएर वाँच्नेहरुको लागि रित्तो छ यो रिफरेण्डम
सट्टावजारमा पसिनाको मुल्य तलमाथि मात्र गरिएको छ ।
कुर्सीको खेल थियो
शक्तिमा आउनको निमित्त पसिना चुस्नेहरुले
सट्टावजारमा आआप्mनो लाभांश सुरक्षित गरेका मात्र हुन् ।

कोहि भन्दै थिए
यो एउटा भ्रम थियो
छल थियो
कपट थियो
वजारहरुमा गरिएका भाषणहरु झुठ थियो ।
तर केवल ताली बजेको आवाज मात्र सुनिन्थ्यो ।
झुठको खेति बढि गरियो
कैयौं मानिसहरुको दाँतहरु प्रष्ट देखिए
वास्तविकता फरक छ
यो हार्नेहरुको जित हो
हराउनेहरुको जित हो
जनताको मत गुमाएकाहरुको जित हो
समग्रमा भन्नु पर्दा
जनताको मतको अपमान हो
आज रिफरेण्डमको नतिजा आएको छ
क्रमभंग गर्नेहरुको जीत भएको छ ।
सम्पुर्ण न्यायप्रेमी जनताहरुको हार भएको छ ।

(२४ जुन २०१६, फार्नवोरो)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.