~प्रणिका कोयु~
विरक्तिएर घर छोडेको सिद्दार्थ गौतम
वर्षौंपछि बुद्द बने र एकदिन
आफ्नै आँगन आए
यशोधराले भिक्षा दिइन् क्षमा दिइनन्
बुद्दत्वको उत्तर दिने बुद्द निरूत्तर फर्के
विरक्तिएर नै मैले नि देश छोडें
वैरागिएको मन नौलो ठाउँमा फकिन्छ कि भनेर
नयाँ वर्षको पहिलो महिनाको १२ गते
नयाँ वर्षको पाँचौ महिनाको १२ तारिख
अनि ति हुटहुटिहरू माझ म
फुटेका-टुटेका-आत्तिएका हामीहरूलाई सुन्दा
एक-अर्काका पिडाका साक्षी बन्दा
मन र मष्तिष्कको वादविवादको अन्यौलतामा
सोच्छु कि कतै
पलपल यसरी ढोकाबाहिर बसी झ्यालबाट चियाइमात्र राख्दा
पलपल यसरी माथि छानोबाट सहयोग मात्र पठाउँदा
मेरो लागि ढोका सदाको लागि बन्द हुने त हैन?
म त आखिर बुद्द बन्न सक्ने सिद्दार्थ गौतम त हैन नि!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)