~प्रमोद अधिकारी~
जब देखें तिमीलाई
भेटे देखी तिमीलाई
छाल उठे कतै मनभित्र
उछिल्लिए भाबहरु
उठिरहुँ भएन
बसिरहुँ मन मानेन ।
रंगिन सपनिले
रातहरु मस्तीमा बिते ।
फिल्मि तरंगमा
चालहरु सडकभरी
सुसेलीहाल्दै स्लो मोसन भए ।
अलि हतार भएछ कि !
उल्टो गिन्ती हुँदै
एट्रयाक्सनको हिप्नोटिज्म
यथार्थसँगै उत्रियो ज्यानबाट ।
उहि छालहरुले लछार्दै
दहमा डुबाउन खोज्छन् ।
उहि सपनाहरु
मध्यरातमा तर्सेर ब्यूँझाउने
खराब बन्छन् ।
स्लो मोसनले
जिन्दगी धेरै धकेलिएछ ।
तिमी अलि चर्को भएछौ
असारे घामजस्तो
सायद पुषमा भए त
न्यानो मानी लुट्पुटिन्थें होला ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)