~सावित्री सिलवाल सापकोटा~
तिमी धारिलो खन्जर हौ प्रिय म भुत्ते खन्जरी हुँ
तिमी नामी शिकारी हौ प्रिय म निरिह बन्चरी हुँ ।
तिमी भारी बर्षात हौ प्रिय म सिमसिमे निर्झरी हुँ
तिमी दिगो प्रकाश हौ प्रिय म क्षणिक फूलझडी हुँ
तिमी जाही जुही हौ प्रिय म निगन्ध फूलमंजरी हुँ
तिमी समथर तराई हौ प्रिय म तारेभीर कन्दरी हुँ ।
तिमी रूपबान सुन्दर हौ प्रिय म कुरूप सुन्दरी हुँ
तिमी दिनको उज्यालो हौ प्रिय म रातको अंधेरी हुँ
तिमी स्वतन्त्र पंक्षी हौ प्रिय म पिंजडामा जंजरी हुँ
तिमी अब्बल उच्चकोटी हौ प्रिय म निम्न नम्बरी हुँ ।
तिमी धारिलो खन्जर हौ प्रिय म भुत्ते खन्जरी हुँ
तिमी नामी शिकारी हौ प्रिय म निरिह बन्चरी हुँ ।।
सावित्री सिलवाल “सावी”
पोखरा– १४, कासकी ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान – पल्लव डट कम )