~निर्मल रायमाझी~
बिद्यालय स्तर को अन्तिम परिक्षा एस .एल.सी. को तयारी गर्नु थियो । कुरा २०५७ साल को हो म आफ्नो पढाई को सिलसिला मा कक्षा १० को सेन्ट अप पास भए पछी एस.एल.सी. को तयारी गर्न को लागि एस.एल.सी. केन्द्र जीतपुर मा.बि. जीतपुर ९ नवमी इलाम तर्फ लागे ।
त्यहाँ म लगाएत सबै एस.एल.सी. दिने साथी हरु तयारी को लागि प्रस्थान गर्यौ । सबै कोठा भाडा गरेर बस्नु पर्थ्यो । म लगाएत ९ जना ले कोठा को तयारी गरयौ । जहाँ एउटै ठुलो रुम थियो अनि ४ खाट राखिएको थियो । इन्दिरा राया , गंगा राया ,मुना कार्की , सरिता राइ , इन्द्रराज राया , ललित राइ ,भेषराज कार्की ,चन्द्र कुमार मगर अनि म ९ जना एउटै रूम मा थियौ । एकै ठाउमा खाना बनाएर खान्थ्यौ हामि सबै जना ।
प्रेम गिरि को घर मा मेरो ग्रुप बस्थ्यौ । जो स्कूल को नजिकै पर्दथ्यो बि
हान पढ्न जान पनि सजिलो थियो । दिन दिनै परिक्षा नजिकिन लाग्यो । हामी सबै जना परिक्षा को तयारी मा टुशन पढ्न थाल्यौ । बिद्यार्थी धेरै भएको ले सर हरु ले २ ग्रुप बनाएर पढाउने हुनुभयो । हामी बाहिर बाट आएका बिद्यार्थी हरु लाई १ ग्रुप अनि त्यहाँ का लोकल बिद्यार्थी लाई १ ग्रुप । यसै क्रम मा हाम्रो ग्रुप मा त्यहाँ का लोकल २ जना छात्रा हरु पनि हामी संगै पढ्ने भए । उनि हरु को नाम निर्मला कट्टेल (निरु) र बिष्णु पोख्रेल यी दुवै जना हामी संगै पढ्थे ।
दिन हरु बित्दै गए परिक्षा को तयारी राम्ररी नै हुदै गयो । तेसो त हामी बसेको घर कि दिदि (तारा गिरि ) पनि हामी संगै परिक्षा दिन तयारी गर्दै हुनुहुन्थ्यो । २०५७ को बैसाख २ गते देखि हाम्रो परिक्षा सुरु भयो ।
जे जसो भए पनि परिक्षा राम्ररी नै सकियो । बैसाख ९ गते परिक्षा सकियो सबै साथी हरु खुसि भए । त्यहाँ गाउमा एक जना चेली को बिहे थियो परिक्षा पनि सकिएको ले साथी हरु त्यो बिहे तिर लागे । तर म चै गइन जान मन लागेन ।
नया वर्ष मा ग्रेटिंग कार्ड साथी हरु लाई दिने चलन थियो । हामी संग पढ्ने त्यो स्कुल कि छात्रा निर्मला कट्टेल (निरु) ले मलाई पनि सुभकामना कार्ड दिएकी थिइन । तर त्यो कार्ड मा लास्ट मा प्रेम प्रस्ताब पनि राखिएको थियो । मलाई साथी हरु ले मिलन भनेर बोलाउथे उनले त्यो कार्ड मा लेखेकी थिइन म हजुर लाई निर्मल भनेर बोलाउछु नारिसाउनुस ल ? अनि चाडो भन्दा चाडो मलाई एसको उत्तर दिनुस ल प्लिज् !!!
म एकछिन ठुलो सोचाई मा परेको थिए तेसबेला किनकि उनि ब्रामण अनि धनाड्य परिवार कि थिइन । म भने क्षेत्री को छोरा अनि साधारण परिवार को थिए ।
बैसाख ९ गते हाम्रो परिक्षा सकियो त्यो दिन बेलुका उनले मलाई उनको घर मा बोलाइन म एकछिन त डराए तर म बसेको घर को दिदि (तारा गिरि )ले मलाई जान कर गर्नु भयो | उनको घर मा कोहि पनि नभएको मौका पारेर उनले मलाई बोलाएकी रहिछिन म जाँदा उनि एकलै थिइन । मम्मी बाबा हरु पुजा मा जानु भएको रहेछ |
पहिले त उनले मलाई कार्ड हेर्नुभयो भनेर सोधिन मैले पनि हेरे भनि दिए । अनि उनले सोधिन के छ त हजुर को विचार ? एकछिन सोचेर जवाफ दिए मैले हुन्छ । उनि एकदमै खुसि भइन मेरा हात हरु चुम्न थालिन । म कता कता भित्र भित्र डराईरहेको थिए सोच्थे उनका बाबा मम्मी आएभने मलाई के सोच्लान ? करिब २ घण्टा जति हामि गफ गरेर बस्यौ अनि म कोठा तर्फ आहुन लागे । आउने बेलामा उनले मलाई घर कहिले जानु हुन्छ ? भनेर सोधिन ।
भोलि मैले भनि दिए र म त्यहाँ बाट मेरो कोठा तर्फ लागे । करिब १० बज्न लागेको थियो कोठामा गंगा ,मुना दिदि ,तारा दिदि गफ गरेर बस्नु भएको रहेछ कोठामा पुगे पछि उनीहरुले मलाई सोधे – किन बोलाएकी रहिछिन त? उनले तारा दिदि लाइ पहिले नै भनि सकेकी रहिछिन अनि उनीहरु हाम्रै बारेमा कुरा गर्दै बसेका रहेछन । महिले सबै कुरा भनि दिए उनीहरु पनि खुसि भए जोडी मिल्यो भनेर । रात धेरै छिपिसकेको थियो सुत्ने तरखर मा लाग्यौ हामी बिहेमा गएका साथी हरु त आएकै थिएनन ।
भोलि पल्ट बिहान म उठेर हात मुख धोएर कोठा मा जादै थिए घरबेटी आन्टी ले मलाई चिया खान आउनु भनेर बोलाउनु भयो । कोठा भाडा मा बस्ने भए पनि मलाई वहा हरु ले आफ्नै परिवार जस्तै माया गर्नु हुन्थ्यो । म चिया पिउन गए तेतिबेला निरु पनि त्यहाँ आइसकेकी रहिछिन । आन्टी ले मलाई चिया दिनु भयो उनलाई पनि दिनु भएको थियो तर उनले लिनन ।
मैले १ सर्को पिए पछि त्यो चिया उनले पनि पिइन । जुठो खायो भने माया अझ बढ्छ रे उनले तेसबेला भनिन । उमेर ,पढाई, हाइट रुप रंग सबै मिलेको थियो हामी दुवै जना को । हल्का कालो अनुहार सिल्की परेका लामो केस मिलेको जिउडाल मलाई पनि असाध्येई मन परेकी थिइन निरु | चिया पिहिसके पछि म कोठा तर्फ लागे घर जाने तयारी गर्नु थियो.
म र भेषराज नुहाउन धारा तर्फ लाग्यौ । नुहाएर फर्कदा निरु को घर को बाटो फर्कनु पर्थ्यो । हामी आएको देखेर उनले एकछिन रुक्नुस भनिन उनले हात मा रातो गुलाब को फुल लिएर म भए ठाउँमा आइन र मलाई दीइन । मैले त्यो फुल लिए अनि हामी कोठा तर्फ लाग्यौ ।
कोठामा आएर घर हिड्ने तयारी भयो । सबै को बाटो अलग अलग थियो मुना दिदि र सरिता को एउटै बाटो थियो उनीहरु हिडे । म इन्दिरा गंगा इन्द्रराज र भेषराज को एउटै बाटो थियो । हामी पनि घरबेटी आन्टी संग बिदा मागेर त्यहाँ बाट हिड्यौ । तारा दिदि बिहानै बेसी जानु भएको थियो जाने बेलामा तारा दिदि ले म बेसी मा खाना बनाउछु उतैबाट आहुनुस ल सबै जना भन्नु भएको थियो ।
हामी सबै जना मादेबुंग ( तारा दिदि हरु को बेसी ) तर्फ अघाडी बढ्यौ । करिब २ घण्टा जति हिडे पछि ११ बजे तिर हामी बेसी पुग्यौ । त्यहाँ पुग्दा तारा दिदि ले खीर बनाएर राख्नु भएको रहेछ अनि निरु पनि त्यहाँ आएकी रहिछिन मलाई थाहा नै थिएन उनि पनि त्यहाँ आउछिन भनेर । उनलाई पनि त्यहाँ देख्दा म त छक्क परे । पहिले देखि नै उनीहरु ले सल्लाह गरेका रहेछन अनि पो तारा दिदि ले बोलाउनु भएको रहेछ त ।
दिदि ले खिर पस्कनु भयो त्यहाँ पनि मलाई र निरु लाइ एउटै थाल मा पस्कनु भयो । सबै साथीहरु खान थाले हामी पनि दुवै जना खान थाल्यौ । खाना खाइ सके पछि निरु ले एकछिन गफ गर्न जाउ न एकान्त मा भनेर मलाई इसारा गरिन । हामी दुवै जना अलि पर गएर माया प्रिती का कुरा गर्न थाल्यौ । गफ लामै चल्दै थियो त्यसैबेला सुस्मा ( तारा दिदि को भदैनी) एउटा गीत गुन्गुनाउदै पोखरी को डील तिर आउदै थिन । उनि गुनगुनाउदै थिइन —– देउराली को पाखैमा फेवाताल को आखैमा कान्छा कान्छी लुकी लुकी माया गासेको ssssssssssss……..।
साच्चै नै यो गीत ले हामी दुइ बिच को यथार्थ बताई रहेको थियो । उनि अझै पनि गुन्गुनाउदै थिइन । करिब ३ घण्टा हामी बिच कुरा कानी भयो । दिन ढल्कदै थियो निरु अब हामी जान्छौ ल ? मैले सोधे निरुले एक्कासी मलाई अंगालो हालिन् र रुन थालिन । मेरा पनि आँखा रसाउन थाले तै पनि मन दह्रो बनाएर मैले भने – यसरी किन धेरै पिर गर्छौ निरु हाम्रो भेट भै हाल्छ नी अहिले त हामी छुटिनु पर्छ नी रात पर्न लाग्यो अब हामी जान्छौ एक हप्ता पछि फेरी आउँछु किताब हरु लिन आउनु छ अनि भेटौला नी फेरी हुन्न ? उनि झन भक्कानिन थालिन् ।
तेतिकैमा रेडियो मा एउटा गीत बज्न थाल्यो — जोडी ढुकुर एकै साथ नहुदा डाँडा काँडा रसायो म रुदा …… जे भए पनि त्यहाँ बाट छुटिनु नै पर्थ्यो मैले उनका हात हरु ले मलाई बाधिरहेकी थिइन । जसो तसो म उनि बाट बिदा मागेर त्यहाँ बाट साथीहरु संग घर तर्फ लागें ।
साझँ को ५ ; ३० बजे तिर हामी घर पुग्यौ । साथी हरु सबै आफ्नो आफ्नो घर तिर लागे । मलाई मन मा कस्तो कस्तो नरमाइलो लागि रहेको थियो । यो माया भन्ने चिज नी कस्तो होला है ? साथ हुँदा हसाउने अलग भए पछि रूहाउने । बेलुका को खानपिन भए पछि म कोठा तर्फ लागे । रेडियो मा गीत बज्दै थियो —– मेरी माया फुल जस्ती बस्दि होलिन ९ डाँडा पारि………….।
.दिन भर हिडेको ले म धेरै थाकेको थिए गीत सुन्दा सुन्दै म भुसुक्कै निदाएछु । भोलि पल्ट बिहान उठेर हात मुख धोएर म चिया पिउन आए मेरी काइली भाउजू ( पवित्रा ) ले मलाई चिया ल्याएर दिनु भयो । म चिया पिउन थाले चिया पिउदा पिउदै म त टोलाउन थालेछु पवित्रा भाउजु ले मलाई सारै नै माया गर्नु हुन्थ्यो । भाउजु को भाई र म संगै पढ्थ्यौ ।
तेसैले भाउजु ले मलाई आफ्नै भाई जस्तै लागेर होला धेरै नै माया गर्नु हुन्थ्यो । म तेसरी टोलाएको देखेर भाउजु ले संका गर्नु भयो । बाबु किन टोलाउनु भएको ? कतै परिक्षा दिन जादा कसै संग …….. चिया सेलायो त पिउनुस न? म झस्किए अनि हतार हतार भने तेस्तो केहि होइन भाउजु पिउदै छु त । तर मैले पवित्रा भाउजु लाइ केहि कुरा पनि लुकाउदिन थिए ।
नवमी मा भएको सबै कुरा भनि दिए । निरु ले दिएको त्यो फुल मैले रूम मा नै राखेको थिए भाउजु ले देख्नु भएको थियो । यो कसले दिएको ? भाउजु ले सोध्नु भयो । निरुले मैले भनि दिए फेरी भाउजु ले मलाई भन्नु भयो यसको अर्थ के हो बाबु हजुर लाइ थाहा छ ? मलाई थाहा थिएन अनि मैले सोधे के हो भाउजु भन्नु न प्लिज …। मैले जिद्दी गरे पछि भाउजु ले भन्नु भयो यो कसैले कसैलाई मन पराएको छ वा उसलाई माया गर्छ भने दिन्छन रातो गुलाब प्रेम को प्रतिक हो एसको अर्थ उनले हजुर लाइ माया गर्छिन ।
नवमी छोडेर आएको २ दिन पछि म स्कूल तिर गए । स्कूल को मास्तिर तारा सर हरु को घर मा हुलाक थियो । म एकछिन स्कूल मा सर हरु संग भेट गरेर हुलाक तिर लागे । त्यहाँ मेरो नाम मा एउटा पत्र आएको रहेछ पठाउने को नाम थिएन जीतपुर नवमी मात्र लेखिएको थियो । मलाई थाहा भयो यो पक्कै पनि निरु को नै काम हो । एकछिन दोकान मा बसेर म गंगा को घर तिर आएँ । माथि गंगा को कोठा मा गएर पत्र खोलेर हेरे उनले नै पठाएकी रहिछिन ।
१० गते हामी छुटेका थियौ १३ गते त्यो पत्र हात पर्यो । पत्र मा लेखिएको थियो — हजुर हिडेको दिन देखि मैले खाना पनि खाएको छैन भोक पनि लाग्दैन रात मा निन्द्रा पनि लाग्दैन । हजुर को फोटो सिरानी मुनि राखेर सुत्छु । चाडै आहुनुस ल मलाई कहिले देखु देखु लागि रहेको छ । मम्मी ले हजुर को फोटो भेट्नु भयो सिरानी बाट मलाई खाली गालि मात्र गर्नु हुन्छ | बाबा दादा लाइ भनिदिन्छु भनेर मलाई डर मात्र देखाउनु हुन्छ । अब मलाई घर बाट कतै पनि एक्लै हिड्न दिदैनन ।
हाम्रो सल्ला अनुसार गजुर मुखी आउँन पनि मलाई दिदैनन दिए पनि दादा लाइ साथ मा पठाउनु हुन्छ म त हजुर बिना एकछिन पनि बाच्न सक्दिन । २२ गते भन्दा पहिले नै हजुर मलाई भेट्न आउनुस ल !!! रुन मात्र मन लाग्छ खाली हजुर लाइ सम्झेर दिन रात बिताउदै छु । सम्भब भए यो पत्र पाउने बित्तिकै आहुनुस ल प्लिज !!! जसरि भए पनि आउनुस है पत्र पाउने बित्तिकै ल ।
म पत्र पड्दै थिए गंगा पनि आइपुगी म गंगा लाइ केहि कुरा पनि लुकाउदीन थिए मैले ला पढ भनेर पत्र उसलाई दिए । उसले पनि पत्र पढी अनि मलाई भनि — त भोलि नै जा नवमी । हुन त नाता ले गंगा मेरी भतिजी हो तर हाम्रो उमेर अनि सानै देखि संगै खेलेर हुर्केको ले गर्दा उसले मलाई काका भन्दिन थि नाम बाट नै बोलाउथी त नै भन्थी ।
मैले पनि उसको सल्लाह माने अनि १४ गते जाने निधो गरे । किताब हरु पनि उतै थिए । म अनि भेषराज र इन्द्रराज १४ गते नवमी जाने भयौ । उनि हरु संग सल्लाह गरेर बेलुकी पख म घर तिर आए । घर मा आएर पबित्र भाउजु लाइ सबै कुरा भने पत्र पनि दिए हेर्नु भनेर । भाउजु ले पत्र हेर्नु भयो बेलुका खाना खाने बेलामा सबै भएको ठाउँ मा भाउजु ले मेरो र निरु को बारेमा सबै कुरा गर्नु भयो । मेरो परिवार मा पनि सबैले उनलाई स्विकार्ने सल्लाह भयो । मेरो र उनको माया मा कोहि पनि तगारो थिएनन मेरो परिवार बाट………..।
भोलि पल्ट बिहान (१४ गते ) म उठेर चिया खाएर साथी हरु लाइ भेट्न गए । भेषराज ,इन्द्रराज र म नवमी जाने तयारी गरयौ । खाना खाएर करिब ९ बजे तिर हामी ३ जना नवमी तर्फ प्रस्थान गरयौ । करिब ३ घण्टा जति हिडेपछि नवमी पुगिन्थ्यो हामी १४ गते को दिन को १ बजे तिर नवमी पहिले बसेको कोठा मा पुग्यौ । तारादिदि हरु को घर मा जो कोहि पनि आएको गएको उनको घर बाट सबै देखिन्थ्यो । हामी त्यहाँ पुगेको
उनले देखिछिन ।
भुइँ मा मम्मी बाबा दाइ हरु अनि अरु ३/४ जना गफ गर्दै बसिरहेका थिए । उनि माथि कोठाको झ्याल बाट हामी आएको देखेर हात मा एउटा डाइरि लिएर तल झरेर सिदै हामी भए तिर अघि बढ्दै थिइन तर बाबा मम्मी हरु ले हामी लाइ देखेनन | उनी हरु गफ मा ब्यस्थ थिए तेसैले होला । हामी सिदै कोठा तर्फ बढ्यौ भित्र पुग्दा नपुग्दै निरु त्यहाँ आइपुगिन ।
आन्टी ले चिया बनाउदै हुनुहुन्थ्यो निरुले बाहिर बाट मलाई आखाको इसाराले बोलाइन महिले उनलाई भित्रै आहुन भने । आन्टी ले चिया लिएर आउनु भयो हामी सबै चिया पिउन थाल्यौ । उनले आज पनि मेरो गिलास को चिया पिइन चिया पिइ सकेपछि हामी बाहिर निस्कयौं । तारा दिदि हरु को घर बाट माथि डाडा थियो त्यो डाडा लाइ लब डाडा भन्दा रहेछन । निरुले मलाई लब डाडा तिर जाउ भनिन अनि हामी दुवै जना लाग्यौ लब डाडा तिर ।
२ मायालु एकान्त मा बसेर माया प्रिती का कुरा गर्दा त समय बितेको पनि पत्तै नहुदो रहेछ । साँझ ६;३० सम्म हामी दुवै जना त्यहाँ माया प्रिती का कुरा साटासाट गर्दै ब्यस्त थियौ । उनि अझै गफ गर्न २ जना संग बसिरहन भन्दै थिइन तारा मैले उनलाई सम्झाए । निरु तिमीलाई पनि घर मा कता गइ भनेर खोज्दै होलान अब जाउ घर तिर भोलि कुरा गरौला नी हुन्न ? उनि मानेकी थिइनन् तै पनि उनलाई सम्झाएर हामी
घर तर्फ लाग्यौ । कोठा आउदा आन्टी ले खाना तयार गरि सक्नु भएको रहेछ । निरु घर गएर फेरी तुरुन्तै आइन ।
आन्टी ले हामी सबै लाइ खाना खानको लागि बोलाउनु भयो । उनि पनि म संगै बसेर त्यहाँ नै खाना खाइन । हामीले बैसाख २२ गते गजुरमुखी जाने सल्लाह पहिले नै गरेका थियौ । ४ दिन देखि खाना खाएकै थिइनन रे उनले त्यो दिन म संगै बसेर खाएकी रे ४ दिन मा । यो माया भन्ने चिज पनि कस्तो होला कुन्नि खै भोक
तिर्खै हराउने है ?
कुरा कानी चल्दै जादा उनले मलाई एउटा प्रस्ताब राखिन —- अब म हजुर बिना एकै छिन पनि एक्लै बस्न सक्दिन । घर मा पनि मम्मी ले गाली मात्र गर्नु हुन्छ । दादा हरुलाई थाहा भयो भने मलाई पिटछन् घर बाट कतै हिड्न दिनैनन म त हजुर संगै जान्छु लिएर जानुस मलाई । ४ दिन बिताउन त ४ साल झैँ भएको छ मलाई । गजुरमुखी जाने हाम्रो सल्लाह मा म आउन पाउदिन मलाई एक्लै हिड्न दिन्नन घर बाट | अब
हजुर आफै भन्नुस म के गरौ ?
एक्कसी उनले येस्तो कुरा गर्दा म त झसङ्ग भए । र उनलाई सम्झाए किन येस्तो हतार मा निर्णय लिएकी निरु तिमीले ? अहिले हाम्रो उमेर सानै छ अझ पढाई पनि त बाकि नै छ । हामी पड्नु पर्छ अगाडी बढ्नु पर्छ पहिले आफ्नो खुट्टा मा उभिनु पर्छ अनि मात्र बिबाह को कुरा सोच्नु पर्छ होइन र ? अनि अर्को कुरा मैले पनि त घर मा सरसल्लाह गर्नु पर्छ आफ्नो मात्र निर्णय ले त हुन्न नी , हुन त मेरो परिवार बाट तिमीलाई स्विकार गरि सक्नु भएको छ । तर तेसो भन्दै मा हामी ले यति चाडै तेस्तो निर्णय लिनु ठिक होइन ।
भर्खर परिक्षा सकियो अब रिजल्ट आहुन पनि त बाँकी छ । मैले यति भन्दा नभन्दै उनि जिद्दी गर्न थालिन् । नाइँ म त हजुर बिना एकछिन पनि बस्न सक्दिन । पढाई त हामी बिहे पछि पनि त अघि बढाउन सक्छौ नी हुन्न र ? मैले उनलाई धेरै सम्झाए तर अन्त्य मा मेरो केहि चलेन र आखिर बैसाख २२ गते हामी गजुरमुखी जाने भनेको दिन उनले भाग्ने बन्दोबस्त मिलाउन को लागि भनिन । करिब रात को १२ बजे तिर उनि यो निर्णय बनाएर घर तर्फ लागिन ।
भोलि पल्ट १५ गते म र साथी हरु घर आउन तयारी भयौ । निरु ले मलाई फेरी मादेबुंग मा आउन को लागि भनिन तारा दिदि ले पनि जसरि भए पनि आउनुस ल भनेर बिहानै बेसी तर्फ जानु भयो । आखिर केहि लागेन मेरो बेसी जान कर लाग्यो । मैले साथी हरु लाइ बेसी तिर जानको लागि भने साथी हरु ले पनि हुन्छ भने अनि हामी तिनै जना त्यहाँ बाट अंकल आन्टी संग बिदा मागेर लाग्यौ बेसी तर्फ । बाटो लामै भए पनि हामी
तिनै जना गफ गर्दै जाँदा कति चाडै बेसी मा पुगिएछ । बेसी पुग्दा निरु पनि अर्कै बाटो बाट त्यहाँ आइसकेकी रहिछिन । हुन त म मात्र होइन मेरा साथी हरु पनी माया जाल मा परि सकेका थिए ।
भेसराज अनि तारा दिदि र इन्द्रराज अनि कल्पना पनि माया जाल मा बाधिएका थिए । त्यसैले त उनि हरु पनि मैले जे भने पनि हुन्छ भनेर मलाई साथ दिदै जान्थे नी । येस्तै माया प्रिती का कुरा गर्दा गर्दै फेरी हामि छुटिने समय आइपुगेछ समय पनि कति चाडो बित्दो रहेछ जब २ मायालु जोडी साथ मा हुन्छन.
१५ गते को मिलन पनि अब बिछोड मा परिबर्तन हुन लागि रहेको थियो । साँझ पर्न लागेको थियो जसरि पनि हामी घर जानु पर्थ्यो जसो तसो त्यो दिन पनि बिदा भएर हामी त्यहाँ बाट हिड्यौ । साँझ को ७;३० बजे तिर घर पुगियो । घर पुग्दा खान को तयारी भै सकेको थियो पवित्रा भाउजु ले खाना खान बोलाउनु भयो म खाना खाएर सिधा आफ्नो रूम तिर गए ।
अब मैले बैसाख २२ गते को लागि तयारी गर्नु थियो मैले पवित्रा भाउजु लाइ यो बिसय को कुरा पनि गरे भाउजु ले घर मा सर सल्लाह मिलाइदिनु भयो । मेरा हरेक पाइला पाइला मा साथ दिदै जानु हुन्थ्यो मेरी प्यारी पवित्रा भाउजु ले । आमा बुबा ले त अहिले समय भएको छैन भन्दै हुनुहुन्थ्यो तर पनि मैले उनले जिद्दी गरेको कुरा सुनाए पछि ठिकै छ नी त भन्नु भयो ।
अब ६ दिन मात्र बाकी थियो २२ गते आउन हुन त मैले उनलाई हाम्रो प्रेम को बारेमा म तिम्रा बाबा मम्मी संग कुरा गर्छु नी त भनेको थिए । तर उनि मानिनन नाइँ मलाई मार्छन यो बिसय मा कुरा नगर्नु तेसै त मम्मी खाली मलाई गालि मात्र गर्नु हुन्छ झन बाबा दादा हरु लाइ थाहा भयो भने त घर नगए हुन्छ मैले । महिले उनका बाबा मम्मी लाइ कुरा गर्ने बिचार गरेको थिए तर उनि नमाने पछी म चुप हुन कर लाग्यो ।
दिन हरु बित्दै गए २२ गते पनि आयो जुन दिन माता तिर्थ औशीको दिन थियो । निरु को मम्मी उनको मामल जानु भएछ ,अनि बाबा चै मूल घर तिर जानु भएको थियो रे भाई बहिनि लाइ लिएर । उनि मात्र घर मा एक्लै भएको मौका बैसाख २२ गते बिहान ४ बजे उनि घर बाट हिडीछिन । हाम्रो सल्लाह अनुसार झापा मेरो गणेस दाइ को मा गएर १०/१५ दिन बस्ने सल्लाह भएको थियो । बाटो मा कसैले देख्लान कि भन्दै लुक्दै
हिड्दा उनलाई ३ घण्टा को बाटो १० घण्टा लागेछ ।
मेरो घर नजिकै को बाटो जानु पर्थ्यो झापा जादा तेसैले उनि मेरो घर तिर आउने अनि जाने सल्लाह भएको थियो । २२ गते दिन को १ बजे तिर उनि सांग्रुम्बा मेरो घर छेउ मा आहिन अनि त्यहाँ गंगा को पसल मा एकछिन बसेर नास्ता गरेर २;३० बजे तिर हामी त्यहाँ बाट झापा को लागि हिड्यौ । त्यो समय मा अहिले को जस्तो गाडी थिएन गाडी चड्न को लागी मेरो घर बाट पनि ३ घण्टा हिड्नु पर्थ्यो । म निरु अनि भेषराज सांग्रुम्बा बाट इलाम तर्फ अगी बढ्यौ ।
सिधा बाटो जादा बाटोमा उनलाई कसैले देख्छन भनेर उनि घुमौरो बाटो जाने भन्न थालिन् । तेसो त उनि घर बाट हिड्दा देखि नै घुमाउरो बाटो लुक्दै आएकी थिन रे । हामी मसार को बाटो हुदै इलाम को गोलाखर्क भन्ज्यांग मा करिब ५ बजे तिर तिर आइपुग्यौ । मेरो साथि भेषराज को फुपुको घर त्यहाँ भन्ज्यांग मा थियो । रात पर्न लागेको ले हामी त्यो रात तेतै बास बस्ने सल्लाह भयो । हामी बसेको घर देखि माथ्लो घर निरु को ठुलो मम्मी को घर रहेछ भर्खर बसाई आएका रहेछन त्यहाँ तेसैले निरु लाइ थाहा रहेन रहेछ । उनलाई सोधेछन कता हिडेकी ? उनले मामल हिडेको साथी हरु पनि उतै जाने भएको ले संगै आएको भनेर ढाटिछिन ।
त्यो रात हामी त्यही बास बस्यौ अनि उनीहरु लाइ संखा लागेर रात भर डिउटी लागेछन । निरुले घर मा उनको ओछ्यान मा पत्र छोडेर आएकि रहिछिन । उनले पत्र मा लेखेकी थिन रे — मलाई नखोज्नु म
मेरो मन को राजा संग गए । मैले हजुर हरु लाइ भन्दा हजुर हरु ले मलाई जान दिनु हुन्न । म निर्मल बिना बाच्न सक्दिन । तेसैले म हजुर हरु नभएको समय मा घर छोडेर हिडे म जहाँ रहे पनि जस्तो रहे पनि खुसि रहने छु । मलाई खोज्ने कस्ट नगर्नु होला । येस्तै येस्तै धेरै कुरा हरु लेखेकी थिन रे…
त्यो रात त्यहि बसियो बिहान ४ बजे उठेर धारा मा गएर हात मुख धोएर झापा हिड्न को लागि तयारी भयो । निरु लाइ अघाडी लगाए अनि २ मिनट पछि म पनि हिडे ।
त्यहाँ एउटा घटना भयो निरु ले छाडेको पत्र को आधार मा उनको घर बाट बाबा ले गाउ का ८/१० जना केटा हरु लाई लिएर आएका रहेछन अनि उनको ठुलो मम्मी (माथ्लो घर ) ले पनि हामी त्यहाँ बस्दा शंका लगेर राति नै चल गरेर उनि हरु डिउटी लगेर बसेका रहेछन ।
जब हामी त्यहाँ बाट निस्कयौ निरु भन्दा २ मिनट पछि म निस्किए । म जादै गर्दा निरु लाइ उनका बाबा हरु ले फर्काएर ल्याहुदै थिए । मलाई केहि पनि भनेनन सरासर उनलाई लिएर हामी बसेको घर देखि माथ्लो घर (ठुलो मम्मी ) मा राखेछन । पछि मेरो साथी भेषराज पनि आए म बाटोमा बसिरहेको थिए । भेषराज ले मलाई सोधे — के भयो / खोइ त निरु?
उनलाई उसका बाबा ले फर्काएर लगे अहिले । ८/१० जना गाउका केटा हरु पनि थिए । मैले यति भने पछि हामी दुवै जना बस पार्क तिर लाग्यौ । बस पार्क पुग्दा मेरो घर बाट यादब (काइला दाई ) दाई भिनाजु अनि नवराज दाई पनि राति नै उनीहरु आएको थाहा पाएर तेता आएका रहेछन । अनि उनीहरु लाइ सबै कुरा बताएँ मैले । तेस्पछी हामी त्यहाँ नजिकै रहेको ट्राफिक चौकी मा गएर सबै कुरा बतायौ अनि त्यहाँ बाट १ जना
प्रहरी पनि साथ मा लिएर हामी फेरी निरु लाइ राखेको घर तिर लाग्यौ ।
उनलाई कोठा मा लुकाइ सकेका रहेछन । निरु को बाबा ले यहाँ नमिल्ने सिडियो कार्यालय जाने भने पछि हामी सबै जना सिडियो कार्यालय तिर लाग्यौ । उनीहरु पछि को गाडी मा आए हामी अघाडी को गाडी मा थियौ । ११ बजे देखि ४ बजे सम्म सिडियो कार्यालय मा बस्दा पनि उनीहरु आएनन । त्यसपछी सबै कुरा प्रहरी लाइ बताएर अनि हामी घर तिर लाग्यौ ।
दिनहरु बित्दै गए पछि उनीलाई उनको मामाल मा राखेका रहेछन त्यो कुरा मैले पत्ता लगाए । १ हप्ता पछी म उनलाई भेट्न भनेर उनको मामाल घर छेउ को पसल मा गए अनि उनलाई बोलाउन लगाए । तर उनि आइनन भेट गर्न चाहिनन खै किन्न हो कुन्नि कति चाडै परिबर्तन भैछिन उनि । यस्तै गर्दा गर्दै हप्ता महिना बिते तर उनले कुनै प्रतिउत्तर दिईनन .
पानि बिना को माछा जस्तै भए दिनदिनै तड्पिनु बाहेक अरु कुनैउपाय थिएन म संग । यस्तै दिन हरु बित्दै गए १ साल पछि उनि अर्कै संग हिडीछिन । अब म संग कुनै कसर बाकि रहेन उनलाई पाउने तड्पिएर बाच्नु बाहेक । आखिर मेरो घर बाट बिबाह गर्ने कुरा चल्न थाल्यो | उनि पनि अर्कैकी भै सकिन मेरो बिबाह को कुरा चलाउन थालियो र इलाम जिल्ला को घुर्मिसे पंचमी बाट मेरो बिबाह भयो ।
अहिले उनि पनि आफ्नै दुनिया मा रमाउदै छिन । म पनि आफ्नै परिवार संग हासी खुसि जीवन बिताउदै छु । येस्तै त रहेछ निस्ठुरी को याद कहिले काही आहुदो रहेछ । छाडी गए पनि पहिलो प्रेम सारै याद आई रहदो रहेछ । ……………. निस्ठुरी ले छाडेर गइ हाली ,,, हेर्दा हेर्दै अर्कै कि भै हाली ,, एक्लो पारेर हो माया मारेर sssssssssssssssssssssssssssss…….
समाप्त
कसैको वास्तविक जीवन संग मेल खान गएमा संयोग मात्र हुनेछ ।
निर्मल रायमाझी
सेतिपानी, झापा नेपाल
हाल साउदी अरेवीया
(स्रोत : नारीदर्पण डट कम)